प्रचण्डपुत्र दाहालको जन्मजयन्तीको सन्दर्भमा पाँच जना सगरमाथा आरोही सम्मानित

प्रकाशित मिति:

काठमाडौँ – प्रचण्डपुत्र प्रकाश दाहालको जन्मजयन्तीको सन्दर्भमा पाँच जना सगरमाथा आरोही सम्मानित भएका छन् ।

सगरमाथा चढ्ने बाटो बनाउने आइसफल डाक्टर आङसार्की शेर्पा, अर्का आरोही छिरिङ थुन्दु शेर्पा, विश्वको सर्वोच्च शिखर सगरमाथादेखि दोस्रो अग्लो चुचुरो माउन्ट केटु चढ्ने पहिलो नेपाली महिला माया शेर्पा, नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठ र कोरियन नागरिक युम होङ गिललाई सम्मान गरिएको छ ।