दक्षिण अमेरिकामा आज खग्रास सूर्यग्रहण , नेपालमा भने नदेखिने

प्रकाशित मिति:

बुटवल – मंगलवार खग्रास सूर्यग्रहण परेको छ । सूर्यग्रहण नेपाली समयअनुसार राति १० बजेर ४० मिनेटमा शुरू भएर चार मिनेट तीन सेकेन्डसम्म रहनेछ ।सूर्यग्रहणका बेलामा दक्षिण अमेरिकी देशहरू चिली र अर्जेन्टिनामा अँध्यारो हुनेछ । तर सूर्यग्रहण परेको अधिकांश क्षेत्र प्रशान्त महासागरमा पर्छ ।

सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा हुँदा सूर्यग्रहण लाग्ने गर्छ । चन्द्रमाले सूर्यको प्रकाशलाई पृथ्वीमा आउन रोक्दा सूर्यग्रहण लाग्ने गर्छ । दक्षिण अमेरिकामा दिउँसो हुँदा नेपालमा राति हुनाले नेपालबाट सूर्यग्रहण देखिने छैन । त्यसैले यहाँ सूतक बारिरहनुपर्दैन । सूर्य पूरै छोपिने अवधि चार मिनेट मात्र भए पनि दिनभरि नै खण्डग्रास सूर्यग्रहणहरू देखिनेछन् । – एजेन्सी