सरकारले आईफा अवार्डका लागि बजेट छुट्याउँदैन : मन्त्री बास्कोटा

प्रकाशित मिति:

काठमाडौं – संचार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले भारतीय सिने अवार्ड (आईफा) लागि भनेर बजेट छुट्याउने सरकारको कुनै योजना नरहेको बताएका छन् । यद्यपि उक्त अवार्ड नेपालको हितमा हुने मन्त्री बास्कोटाको भनाइ छ ।

मन्त्री बास्कोटाले आईफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाडने दृढता पनि व्यक्त गरे । मंगलबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरुले सो अवार्डबारे प्रश्न उठाएपछि उनले उक्त अवार्डका लागि बजेट दिने सोचाईमा सरकार नरहेको बताए ।

मन्त्री बास्कोटाले आईफा अवार्डको प्रसंग उल्लेख गर्दै सरकारले कुनै पनि क्षेत्रमा घाटाको व्यापार नगर्ने बताए । ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउनका लागि सरकारले उक्त अवार्ड आयोजना गर्न स्वीकृति दिएको उनको भनाइ थियो । बैठकमा बोल्दै समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको उल्लेख गर्दै आपत्ति जनाएका थिए ।

समितिका सदस्य रामबहादुर विष्टले राष्ट्रिय कलाकारहरुको हितमा केही पनि काम गर्न नसकेको सरकारले सो अवार्डका लागि अरर्वाैको बजेट दिन लागेको भन्दै आपत्ति जनाएका थिए । समितिका सदस्यहरुले निजी क्षेत्रले विभिन्न देशमा संचालन गर्दै आएको सो अवार्डको आयोजनामा नेपाल सरकारले नै लगानी गर्न किन पु¥यो ? भनि प्रश्न पनि गरेका थिए ।