फेरी नेपाल बन्दको घोषणा गर्दै माओवादी

सरकारले हिंसात्मक गतिविधी गरेको भन्दै विप्लप समूहमाथि प्रतिबन्ध लगायो । सरकारी प्रतिबन्धपछि विप्लव समूहले सरकारबिरोधी विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ ।

प्रकाशित मिति:

काठमाडाै – माओवादीले  नेपाल बन्दको घोषणा गरेको छ । भ्रष्टाचार, महंगी, बलत्कारी, तस्करी र गुण्डागर्दीको भण्डाफोर गरि सम्पूर्ण राजबन्दी रिहाईको माग गर्दै पार्टीले असार २२ गते नेपाल बन्दको घोषणा गरेको हो ।

पार्टीले हत्यारा फाशिष्ट प्रतिकृयावादी संसदीय व्यवस्थाका दलालहरुको संयुक्त सरकारले जनताको आँखामा छारो हाल्ने काम गरिरहेको बताएको छ । पार्टीका मध्य कमाण्ड इन्चार्ज प्रताबद्वारा जारी विज्ञप्तिमा सरकारले नेपाली जनतामाथि युद्धको भारी बोकाउने चेष्टा गरिरहेको उल्लेख गरिएको छ । सरकारका कारण मुलुकको राष्ट्रियता र स्वाधीनता नै धरापमा परेको भन्दै सरकारले कानुनलाई आफ्नो मुठिमा लिएर दमनकारी फासीवादी चरित्रहिन व्यवहार गरिरहेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् बिज्ञप्ती :