पुराणको रोचक प्रसंग- पाँच पाण्डव कलियुगमा पनि जन्मिएका थिए !

प्रकाशित मिति:

महाभारतमा हरेक व्यक्ति आफ्नो भूमिकामा महत्वपूर्ण छन् । हरेकसँग केही न केही अद्भुत शक्ति थियो । केहीले त्यस्तो शक्तिलाई प्रयोग गरे भने केहीले आफूसँग भएको शक्ति नै थाहा पाएनन् । केहीले हारे र केहीले जिते । युद्धमा मारिएकाहरु पनि एक रातका लागि जीवित भएका थिए र सबै योद्धा कलियुगमा कुनै न कुनै रुपमा फेरि जन्मिएका छन् भन्ने पुराणहरुमा उल्लेख गरिएको छ ।

अवतार– भगवान श्रीकृष्ण विष्णुको अवतार थिए भने बलराम शेषनागको अंश थिए । आठ वसुमध्येका एक द्यु नामका वसुले भीष्मको रुपमा जन्म लिएका थिए । देवगुरु बृहस्पति ले द्रोणाचार्यको रुपमा जन्म लिएका थिए । अश्वत्थामा रुद्रको अंशावतार थिए । दुर्योधन कलियुग तथा उनका १०० भाइ पुलस्य वंशको राक्षसका अंश थिए । सूर्यदेव पुत्र कर्ण इन्द्रका पुत्र अर्जुन पवन पुत्र भीम, धर्मराज पुत्र युधिष्ठिर तथा २ अश्विनीकुमार र दस्त्रका छोरा नकुल र सहदेव थिए ।

रुद्रका एक गणले कृपाचार्यको रुपमा जन्म लिएका थिए । द्वापर युगको अंशके रुपमा सकुनी, अरिष्टाको पुत्र हंस नामक गन्धर्वले धृतराष्ट्र तथा पाण्डुको रुपमा जन्म लिएका थिए । सूर्यको अंश नै विदुरको नाममा प्रसिद्ध भएका थिए । कुन्ती र माद्रीका रुपमा सिद्धि तथा धृतिका द्रौपदीको इन्द्राणी उत्पन्न भएका थिए । अभिमन्युको रुपमा चन्द्रमाका पुत्र वर्चाको अंश थियो । मरुतगणको अंश सात्यकि, द्रुपद, कृतवर्मा तथा विराटको जन्म भएको थियो । अग्निको अंशबाट धृष्टधुम्न तथा राक्षको अंशमा शिखण्डीको जन्म भएको थियो । विश्वदेवगण द्रौपदीको पाँचौ पुत्र प्रतिविन्ध्य, सुतसोम, श्रुतकीर्ति, शतानीक तथा श्रुतसेवको रुपमा उत्पन्न भएका थिए । दावराज विप्रचित्ति जरासन्ध तथा हिरण्यकशिपु शिशुपालको अंशका रुपमा थिए । कालनेमि दैत्यले कंसको रुप लिएको थियो । इन्द्रको आज्ञाअनुसार अप्सराको अंशबाट १६ हजार स्त्रि उत्पन्न भएका थिए ।

पुनर्जन्म भविष्य पुराणका अनुसार शिवजीसँग युद्ध गरेका कारण पाण्डवहरुले कलियुगमा पुन जन्म लिनु परेको थियो । आधा रातको समय अश्वत्थामा, कृतवर्मा तथा कृपाचार्य पाण्डवको शिविरको नजिक गए । त्यसबेला मनमनै उनीहरुले भगवान शिवको आराधना गरेका थिए । यसपछि भगवान शिवले उनीहरुलाई पाण्डवको शिविरमा प्रवेश गर्ने आज्ञा दिए । त्यसपछि अश्वस्थामा पाण्डवको शिविरमा घुसेर शवजीबाट प्राप्त तरबारले पाण्डवका सबै छोराहरुको हत्या गरे ।

जब पाण्डवहरुलाई यसबारेमा थाहा भयो तब भगवान शिवसँग युद्ध गर्न गए । जब पाण्डव शिवजीसँग युद्ध गर्नका लागि पुगे उनीहरु पराजित भए र हतियार शिवमा अर्पण गरे । शिवजीले पाण्डवहरु श्रीकृष्णका उपासक भएका कारण यो जन्ममा यस अपराधको फल नमिल्ने तर यसको फल तिमीहरुले (पाण्डवहरुले) कलियुगमा फेरि जन्म लिएर भोग्न पर्ने श्राप दिए । भगवान शिवको कुरा सुनेर सबै पाण्डव निकै दुखी भए र यस विषयमा कुरा गर्नका लागि श्रीकृष्णको नजिक पुगे । तब श्रीकृष्णले उनीहरुलाई कुन पाण्डव कलियुगमा कसको घरमा जन्मनेछन् भन्ने बारे बताए कलियुगमा कसको घरमा जन्मिए कुन पाण्डव ? युधिष्ठिरको जन्म वत्सराज नामको राजाको छोराको रुपमा भयो । उनको नाम मलखान थियो । भीमको जन्म वीरण नाममा भएको थियो जो वनरस नामको राज्यको राजा बनेका थिए ।

अर्जुनको जन्म परिलोक नामको राजा कहाँ भएको थियो । उनको नाम ब्रह्मानन्द थियो । नकुलको जन्म कान्यकुव्जका राजा रत्नभानु कहाँ भएको थियो, उनको नाम लक्ष्मण थियो । सहदेवको जन्म भीमसिंह नामक राजाको घरमा देवीसिंहको नाममा जन्म भएको थियो । कर्णले तारक नामका राजको रुपमा जन्म लिएका थिए । धृतराष्ट्रको जन्म अजमेरमा पृथ्वीराजको रुपमा भएको थियो र द्रौपदीले उनकी छोरीको रुपमा जन्मलिएकी थिइन् जसको नाम वेला थियो । श्रोत –पुराण