प्रदेश सरकारको निर्णय : सरकारी क्याम्पसमा विज्ञान पढ्ने छात्रालाई मासिक हजार छात्रवृत्ति

प्रकाशित मिति:

राम प्रसाद भण्डारी / बुटवल – कक्षा ११ मा विज्ञान विषय पढ्ने सबै छात्राहरुलाई प्रदेश ५ सरकारले मासिक एक हजारको दरले छात्रवृत्ति दिने भएको छ ।  छात्राहरुको आकर्षण बढाउने उद्देश्यले विज्ञान विषय पढ्ने छात्राहरुलाई हरेक महिना एक हजार नगद छात्रवृत्ति दिन ४ करोड बजेट छुट्याइएको सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताए । मुस्लिम तथा अल्पसंख्यक समुदायका ४० जना छात्रालाई अनमी र अहेब अध्ययनका लागि पनि छात्रवृत्ति प्रदान गर्न बजेट व्यवस्था गरिएको छ । मुक्त कमैया, कमलरी, मुस्लिम र दलित समुदायका छात्राले पनि छात्रवृत्ति पाउने छन् ।

एउटा नमूना विद्यालय प्रत्येक स्थानीय तहमा कम्तीमा निर्माण गर्ने, उक्त विद्यालयमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण तथा एक जना नर्स र खेलकुद प्रशिक्षकको व्यवस्था गर्ने योजना पनि अघि प्रदेश सरकारले सारेको छ  । शिक्षा क्षेत्रको विकास कार्यक्रमहरुका लागि प्रदेश ५ सरकारले ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । अघिल्लो वर्ष ५५ करोड बजेट सामाजिक बिकास मन्त्रालय अन्तर्गत रहेको थियो ।

फाइल तस्बिर :