मलेसियामा ४ नेपालीसहित ९४ जना अप्रवासी कामदार पक्राउ

प्रकाशित मिति:

एजेन्सी – मलेसियामा अवैधानिक रुपमा बसी रोजगारदाता कम्पनीमा शरण लिइर रोजगारी गरी रहेका ४ नेपालीसहित ९४ जना आप्रवासी कामदार पक्राउ परेका छन् । गत आइतवारदेखि मलेसिया प्रहरीले गरेको खोजतलाशका क्रममा उनीहरु पक्राउ परेको स्थानीय सञ्चारमाध्यम द स्टारले समाचार लेखेको छ ।

विदेशी श्रमिक कार्यरत विभिन्न रोजगारदाता कम्पनीमा २ सय ७१ विदेशीको जाँच गर्दा ९४ जनासँग वैधानिक कागजात साथमा नभएका कारण उनीहरुलाई प्रहरीले पक्राउ गरिएको जनाइएको छ ।

मलेसिया प्रहरीका अनुसार सवैभन्दा धेरै बंगलादेशी श्रमिक पक्राउ परेका छन् । बंगलादेशका ३१ जना पक्राउ परेको मलेसिया प्रहरीले जनाएको छ । २८ जना म्यानमारका कामदार, ११ जना ईण्डोनेशियाका कामदार, ५ जना भारतीय, ४ जना नेपाली, तीनजना सोमाली तथा २ पाकिस्तानी र २ नाइजेरियाली रहेको द स्टारले लेखेको समाचारमा उल्लेख छ । पक्राउ परेका विदेशी कामदारहरुलाई अनुसन्धानका लागि जिनजाङगस्थित प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।