नवलपुरको गैंडाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु

१७ असार २०७६, मंगलवार ०   बिचार / प्रतिक्रिया
37 Shares

प्रतिकात्मक तस्वीर

कावासोती  – नवलपुरको गैंडाकोटमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गैंडाकोट नगरपालिका वार्ड नम्बर १४ बस्ने ३२ बर्शिया यमुना घिमिरे रहेकी छन् । जिल्ला प्रहरी कार्यलय नवलपुरका अनुसार मङलबार बिहान कपडा धोएर टिनको पालिमा सुकाउन खोज्दा उनलाई करेण्ट लागेको थियो ।

करेण्ट लागेपछि उपचारका लागि अस्पताल लैजादै गर्दा उनको बाटोमानै ज्यान गएको प्रहरिले जनाएको छ । उनको शब पोस्ट्मार्टमका लागि भरतपुर अस्पतालमा राखिएको छ । मृतक घिमिरेको श्रीमान् मधु घिमिरे वैदेशीक रोजगारीको शिलशिलामा कतारमा हुनुहुन्छ भने उहाँको २ छोरा र एक छोरी छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया