उकालो लाग्यो शेयर बजार

प्रकाशित मिति:

काठमाडौं – निरन्तर ओरालो लागको शेयर बजार आज उत्साहजनक रुपमा उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार मंगलबार कारोबार भएका १२ समूहमध्ये ९ वटा समूहको परिसुचकमा वृद्धि भएको छ । नेप्सेकाअनुसार मंगलबार नेप्से ११ दशमलव ०२ अंकले कारोबार बढेको हो । मंगलबार कारोबार भएकामध्ये सबैभन्दा धेरै कारोबार मेगा बैंक र दोस्रो नम्बरमा प्रभु बैंकको कारोबार भएको छ ।

मेगा बैंकको क्लोजी मूल्य २ सय ७० रुपैयाँ रहेको छ भने प्रभु बैंकको २ सय ६८ रुपैयाँ पुगेको छ । मंगलबार कारोबार भएका २६ वटा वाणिज्य बैकहरुमध्ये एनआइसी एसिया, ग्लोबल आइएमई र नबिल बैंकका लगानीकर्ताले घाटा व्यहोरेपनि अन्य सबै बैंकका लगानीकर्ताले नाफा कमाएका छन् । आज कारोबार भएकामध्ये कुमारी बैंकका लगानीकर्ताले कारोबार बन्द हुने बेलासम्ममा प्रतिशेयर ११ रुपैयाँ नाफा गरेपनि ग्लोबल आइएमईका शेयर धनीले प्रतिशेयर ३ रुपैयाँ घाटा व्यहोरेका छन् ।

जलविद्युत् आयोजनाहरुको कारोबार भएका ३० वटामध्ये विभिन्न ६ वटा आयोजनाको शेयर रकम घटेको छ । नेप्सेकाअनुसार युनियन हाईड्रोपावर, रिडि हाईड्रोपावर, पञ्चकन्या हाईड्रोपावर, दिव्यश्वरी हाईड्रो, अरुण काबेली र अरुण भ्यालीका लगानीकर्ताले घाटा व्यहोरेका छन् । बुटबल पावर कम्पनीको शेयर भने ८ रुपैयाँले बढ्दा चिलिमे हाईड्रोको मूल्यसमेत ४ रुपैयाँले बढ्यो ।