एस इ इ परीक्षाफलमा हरैया माध्यमिक बिधाल तिनाउ पश्चिममै उत्कृष्ट

प्रकाशित मिति:

कञ्चन,शैक्षिक सत्र २०७५को एस इ इ परीक्षाफल प्रकाशन भए पछि कुन बिधालयले उत्कृष्टता हासिल गयो भनेर हरेक चिया चौतारी तथा चिया गफ भैरहेको बेला रुपन्देही जिल्लामा तिनाउ देखि पश्चिमका निजी र सामुदायिक बिधालयहरुमै हरैया माध्यमिक बिधालयले उत्कृष्टता हासिल गरेको पुष्टि भएको छ।गत चैत्रमा ४ लाख ५० हजार २७५ परिक्षार्थी एसइइ मा सहभागी भएकोमा राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसइई को नतिजामा रुपन्देहीबाट १० जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।

जिल्लामा सबैभन्दा धेरै बुटवलको न्यू होराइजन स्कुलका सात विद्यार्थीले ४ जिपिए ल्याएका हुन् । त्यो विद्यालयका क्षितिज डुम्रे, स्वस्तिका कुँवर, अशिम चौधरी, अनुस्का श्रेष्ठ, प्रवेश आचार्य रोशना टण्डन र सोयल ज्ञवालीले ४ जिपिए ल्याएको जिल्ला शिक्षा समन्वय एकाइ रुपन्देहीका उपसचिव घनश्याम भुसालले बताए ।यस्तै प्रारम्भिक नतिजा अनुसार तिनाउ पुल देखि पश्चिम तर्फ कञ्चन गाउपालिकाको हरैया माध्यमिक बिधालयले प्राबिधिक र साधारण गरी दुबै तर्फ उत्कृष्टता हासिल गरेको कञ्चन गाउपालिकाका शिक्षा प्रमुख रमेश भुषालले जानकारी दिनु भएको छ।

न्तिजा अनुसार हरैया मा।बि।का शुभम गौतमले ३।८८ जिपिए प्राप्त गरी तिनाउ पुल देखि पश्चिममका सामुदायिक र संस्थागत बिधालयहरुमै प्राबिधिक तर्फ उत्कृष्टता हासिल गरी प्रथम भएका छन भने ३।८४ जिपिए प्राप्त गरी हरैया मा।बि।कै मोहन कोहार दोश्रो भएको कुरा हरैया माध्यमिक बिधालयका सह प्रधानाध्यापक प्रकाश आचार्यले दाबी गर्नु भएको छ
प्राबिधिक तर्फ माध्यमिक तहमा कम्प्युटर इन्जिनियरिङ कक्षा संचालन गरेको सो बिधालयले यस शैक्षिक सत्र देखि कक्षा ११ र १२ मा कम्प्युटर इन्जिनियरिङ तथा बिज्ञानको समेत कक्षा संचालन गर्ने भएको सो बिधाललयले कञ्चनमा अब्बल शैक्षिक संस्थाको रुपमा बिकास गर्ने योजना तयार भएको बिधालयका प्रधानाध्यापक मेघनाथ शर्माले बताउनु भएको छ।कञ्चन एस इ इ नतिजा सम्बन्धी समिक्षा गरी अन्तिम परिणाम घोषणा गरिने शिक्षा गाउपालिकाका शिक्षा प्रमुख रमेश भुषालले बताउनु भएको छ।