गैडहवाको मंगलपुरमा अज्ञात समूह द्धारा गोली प्रहार,करिब ४ लाख ६३ हजार रुपैया लुटियो

प्रकाशित मिति:

रुपन्देही – गैडहवा गाउँपालिकामा मोटर साइकलमा आएका अज्ञात समूहले गोली प्रहार गरी ४ लाख ६३ हजार लुटेर भागेका छन् ।गैडहवा गाउँपालिका वार्ड नं। ४ मा रुपन्देही जिल्लाकै सबैभन्दा ठूलो तालको रुपमा रहेको गैडहवा ताल सरसफाईको लागि गैडहवा गाउपालिकाबाट बिनियोजित रकम समितिका अध्यक्ष रेशम कुमारी मल्ल सहित समितिका दुइ जना सदस्यहरुले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेर लिएर आउँदै गर्दा अटोको टायरमा गोली प्रहार गरी नगद लुटेर लगेको इलाका प्रहरी कार्यलय सूर्यपुराले जानकारी दिएको छ ।

लुम्बिनी स्थित कृषि विकास बैंकबाट रकम निकालेर से १ ह ३५७ नम्बरको टेम्पोमा आउँदै गरेका ताल सरसफाई समितिका अध्यक्ष रेशम कुमारी मल्ल समितिका सदस्य तोले भन्ने महरत पासी सूरज क्षेत्री माथी गैडहवा गाउँपालिका वडा नं ४ मंगलपुर स्थित अहिरण्डी चोकमा आइपुग्दा २ जनाको समूहमा मोटरसाइकलमा आएका अज्ञात समूहले गोली प्रहार गर्दा टेम्पोको टायरमा लागेको र टेम्पो असन्तुलित हुन गै सोही क्रममै लुटेराहरूले गैडहवा ताल सरसफाई समितिका अध्यक्ष रेशम कुमारी मल्लको हातमा रहेको हातेझोलाबाट सरसफाई समितिको २ लाख ४१ हजार र मल्लको २ लाख २२ हजार रुपैया गरी ४ लाख ६३ हजार लुटिएको शसस्त्र प्रहरी बल लोण्डिहवाका प्रमुख तेजराज शर्माले जानकारी दिनु भएको छ ।

शर्माका अनुसार लुटेराहरु रकम लुटेर रामापुर कलौनी तर्फ भागेको र गोली प्रहार बाट कुनै मानबिय क्षति नभए पनि टेम्पोमा सामन्य क्षति भएको टेम्पो चालक रामपाल बरालले इलाका प्रहरी कार्यलय लुम्बिनीमा घटना बिबरण बताउदै जाहेरी दिएका छन ।घटनाबारे इप्रका लुम्बिनीलाई बुझ्दा किटानी जाहेरी नभए पनि अज्ञात समूहहरु द्धारा लुटपात भएइको र सो बारे अनुसन्धान पछि थाहा हुने बताउदै ती लुटेराहरुको खोजी कार्य भैरहेको इप्रका लुम्बिनीले जनाएको छ । गैडहवा गाउपालिकाले चालु आ।ब। २०७५÷७६मा गैडहवा ताल सरसफाइको लागि २ लाख ५० हजार बिनियोजन गरेको थियो ।