यसै जनप्रतिनिधीको छवी विगार्न पाइदैन, हामी कानुनी उपचार खोज्छौ

प्रकाशित मिति:

झविन्द्र देवकोटा  बुटवल, १७ असार । रुपन्देहीको देवदह नगरपालिकाको खर्च सम्वन्धमा सामाजिक सञ्जाल तथा सार्वजनिक स्थलमा आएका पछिल्ला अभिब्यक्तिहरुमा कुनै सत्यता नभएको नगरपालिकाले बताएको छ । कृषि, पर्यटन र पुर्वाधार समृद्ध देवदहको आधारमा टेकेर नगर र नागरिकको सेवामा लागेको नगरपालिको खर्च सम्वन्धमा केही स्थानमा केही ब्यक्तिहरुले दिएको अभिब्यक्तिमा कुनै सत्यता नभएको भन्दै जनप्रतिनिधि प्रति भ्रम फैल्याउने कार्य गरेको ठहर नगरपालिकाले गरेको छ । मंगलबार नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा नगरप्रमुख हिराबहादुर खत्रीले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीले केही दिन अघि देवदह नगरपालिकालाई जोडेर दिएको अभिब्यक्ति भ्रमपुर्ण र जनप्रतिनिधीहरुको छवी धमिल्याउने खालको भएको बताए । उनले पुष्टि नभई कसैलाई पनि यसै आरोप लगाउन नपाईने बताए । उनले सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीलाई प्रमाणका आधारमा बोल्न र हचुवाका भरमा कसैको छवी धमिलाउने खालका गतिविधि नगर्न सुझाव दिए । उनले नभएका कुराहरु गरेर शाहीले जनप्रतिनिधिहरुको छवी विगार्ने काम गरेको उल्लेख गर्दै अव त्यसका विरुद्ध नगरपालिकाले कानुनी उपचार खोज्ने समेत बताए ।

उनलेभने–‘‘महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेखित अन्य खर्चको २० करोड ८३ लाख ७२ हजार शिर्षकलाई अतिरञ्जीत र मनोगत ढंगले परिभाषित परि मोजमस्ती खर्चका रुपमा ब्याख्या गरि आरोप लगाएका छन् । त्यो टिप्पणिमा कुनै सत्यता छैन । उक्त खर्च नेपाल सरकारको शर्शत अनुदान अन्तरगत संचालित विषयगत कार्यक्रममा भएको खर्च हो ।’’ उनले उक्त शिर्षकको खर्चलाई शाहीले मोजमस्ति जस्ता टिप्पणी गर्नु भ्रामक भएको बताउदै मोजमस्ति भन्ने विषयको पुष्टि गर्न ज्ञानेन्द्र शाहीलाई चुनौति दिएका छन् । उनले यसवर्ष कायम भएको बेरुजु दुई करोड ११ लाख ५५ हजार रहेको समेत बताए । पत्रकार सम्मेलनमा उनले भष्ट्राचार विरुद्धको अभियान संचालनका नाममा भ्रामक र कपोकल्पीत प्रचारबाजी गरिनु द्खद् विषय भएको उल्लेख गर्दै उनले कपोकल्पित प्रचारबाजीको पछाडी नलागि सत्यतथ्य बुझ्न नगरबासिसँग अनुरोध गरेका छन् । उनले संघिय लोकतान्त्रीक ब्यवस्थाले ल्याएको स्थानीय सरकारलाई नै कमजोर बनाउने खालको अभिब्यक्ति आएकाले त्यसको उपचार कानुनी रुपमै गर्ने धारणा राखे । पत्रकार सम्मेलनमा उपप्रमुख विद्यालक्ष्मी गुरुङ, स्थानीय वडाअध्यक्षको उपस्थिती रहेको थियो ।