सैनामैनामा ७ दिने पत्रकारिता तालिम संचालन

प्रकाशित मिति:

रुपन्दही-रुपन्दहीको सैनामैना नगरपालिकाले ७ दिने आधारभुत पत्रकारिता तालिम संचालन गरेको छ । मंगलवार देखी सुरु भएको तालिममा सैनामैना नगरपालिकाको सहयोग र कृषी सञ्चार गृहको आयोजनामा तालिम सुरु भएको हो ।प्रशिक्षार्थीहरुलाई छापा पत्रकारिता, रेडियो , टेलिभिजन , अनलाईन तथा सामाजिक सञ्चाजल प्रयोग गर्ने भाषाका विषयमा तालिम दिईने आयोजकले बताएका छन् ।

तालिमको सुभारम्भ समारोहमा बोल्दै सैनामैना नगरपालिकाका उपप्रमुख बिना रानाले आधारभुत तालिमले जवाफदेही पत्रकारिताका बिषयमा सिकाउने बताइन । उनले सैनामैना क्षेत्रका प्राचिन तथा पर्यटकिय बिषयमा पत्रकारिताको क्षेत्रले सहयोग पुराउने बिस्वास व्यक्त गर्दै उपप्रमुख रानाले अनुशासित भएर तालिम सिक्न प्रशिक्षार्थीलाई आग्रह गरिन ।
कार्यक्रममा सैनामैना नगरपालिकाका प्रबक्ता रत्न बहादुर पौडेल, नगरका २ नम्बर वडा सदस्य थानेश्वर गिरी, निमित्त कार्यकारी प्रमुख हेमराज अर्यालले मन्तव्य राखेका थिए ।

पत्रकारहरु युवाराज पाण्डे, अमृत गिरी , नरेश के।सी। , नरेश चौधरी र सुरज थापा मगरले पत्रकारिताको तालिमको सहजीकरण गर्ने छन् भने सैनामैना नगरपालिका क्षेत्रका सवै वडाहरु वाट प्रतिनिधित्व हुने गरि ५० जना प्रशिक्षार्थी तालिममा सहभागिता गराईएको छ। तालिममा समाचार लेखन र समाचार संकलन बिषयमा प्रशिक्षण गरिने आयोजकले जानकारी गराएको छ । कृषी सञ्चार गृहका अध्यक्ष कमल रायमाझीको अध्यक्षता र टिका खरेलको सञ्चालनमा कार्यक्रम शुरु भएको थियो ।