नेपालको अर्थतन्त्रले अब स्पष्ट गति लिनेछ :गर्भनर पौडेल

३० श्रावण २०७५, बुधबार ०   बिचार / प्रतिक्रिया
0 Shares


नेपाल राष्ट बैकका गर्भनर डा। चिरञ्जिवी नेपालले नेपालको अर्थतन्त्र अहिले राम्रो स्थितिमा अघि बढेको बताउनु भएको छ ।ग्रामिण बिकास लघु बित्त बित्तिय सस्थाको चौथो बार्षिक उत्सवको आज बुटवलमा उदघाटन गर्दै गर्भनर डा नेपालले नेपालको आर्थिक बृद्धिदर २ वर्षदेखि राम्रो रहेको र यस आर्थिक वर्षमा समेत ८ प्रतिशत हुने अनुमान गरीएकाले अव नेपालको अर्थतन्त्रले स्पष्ट गति लिने बताउनु भयो ।
उहाले आर्थिक गतिबिधि बढेसंगै आर्थिक बिकास र समृद्धि बढने भएकाले गाउ गाउमा गएर मुलुकको बिकास र समृद्धिमा सहयोगि बन्न बैक तथा बित्तिय सस्थाहरुलाई आग्रह गर्नुभयो ।
गर्भनर डा नेपालले ७ सय ५३ स्थानीय तह मध्ये ६ सय ३६ वटा स्थानीय तहमा बाणिज्य बैक पुगेकाले बाकि स्थानीय तहमा पनि जुन बैक चार्डै पुग्न सक्यो त्यसले नाफा पनि आर्जन गर्न सक्ने र समृद्धिमा पनि सहयोगी बन्न सक्ने बताउनु भयो ।
लघुवित्त वित्तीय संस्थालाई दुर्गम, विकट र गरिबी भएको स्थानमा जान प्रोत्साहनका लागि राष्ट्र बैंकले प्रोत्साहनस्वरुप ४० लाख रुपैयाँ अनुदान दिने गरेको पनि उहाले जानकारी गराउनुभयो । लघु वित्त वित्तीय संस्थाहरुमा दोहोरो कर्जाको समस्या बढेकाले यसलाई रोक्न राष्ट्र बैंकले कर्जा सूचना केन्द्र सञ्चालन गरेको र अब कर्जा लिने व्यक्ति कर्जा सूचना केन्द्रमा दर्ता हुने बताउँदै यसले व्यक्तिको क्षमताको आधारमा कर्जा लिने र दोहोरोपना रोकिने विश्वास व्यक्त गर्नुभयो ।
गभर्नर डा। नेपालले कर्मचारीको क्षमता अभिबृद्धि गरी संस्थाको दिगोपनका लागि मुनाफाको ३ प्रतिशत मानव संशाधन विकासमा अनिवार्य खर्च गर्न पनिसुझाव दिनुभयो ।
कार्यक्रममा प्रदेश नंं ५ योजना आयोगका उपाध्यक्ष डा। प्रकाशकुमार श्रेष्ठले प्रदेश सरकारले भदौ भित्रै प्रदेशको समग्र क्षेत्रलाई समेटेर प्रोफाइल बनाउन लागेको र त्यसमा वित्तिय अवस्था समेत आउने जानकारी गराउदै प्रदेशका सबै जनतालाई बित्तिय पहुचमा पुर्याउन बिशेष योजना बनाउने बताउनु भयो ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाका निर्देशक अशोक कुमार पौडेलले लघु वित्त वित्तीय संस्थाहरुलाई राज्यले सधैं अनुदान दिन नसक्ने प्रष्ट पार्दै व्यवसायिक क्षमता बृद्धि गरी आफैं सक्षम र प्रतिस्पर्धी बन्न सुझाव दिनुभयो।
देशभरका ५ वटा ग्रामिण बिकास बैक मर्ज भएर ग्रामिण बिकास लघु बित्त बित्तिय सस्थामा रुपान्तरण भएको बित्तिय सस्थाले ४ बर्ष अघि ७६ करोड सञ्चित घाटा रहेकोमा अहिले २४ करोडमा झार्न सफल भएको बित्तिय सस्थाका प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले जानकारी दिनुभयो ।
सस्थाका अध्यक्ष मणिकरत्न शाक्यको सभापतित्वमा , सचिव दिपक पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा राष्टिय बाणिज्य बैकका खस्यौली शाखा प्रमुख शंकर पहारी,बित्तिय सस्थाका बिभिन्न कर्मचारी संगठन अध्यक्षहरु रमेश जिसी, नवराज ढकाल र दीपेन्द्र लुईटेल लगायतले बोल्नु भएको थियो ।
सोही अवसरमा सस्थाका बिभिनन शाखामा उत्कृष्ठ काम गर्ने कर्मचारीहरुलाई नगद सहित पुरस्कृत गरीएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया