जनता बैंक बुटवल द्वारा डस्टबिन वितरण

प्रकाशित मिति:

बुटवल-जनता बैंक नेपाल लिमिटेड शाखा कार्यालय बुटवल मिलनचोकले सामाजिक उत्तरदायित्व अन्तरगत आज प्रदेश नं.५ को ट्राफिक  प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयको परिसरमा डस्टबिन वितरण कार्यक्रम गरेको हो | उक्त कार्यक्रम बैकका तर्फवाट शाखा प्रमूख राजीव गौतम , ट्राफिक प्रहरी प्रमूख मधूसूदन लुईटेल र इलाका प्रहरी कार्यलय बुटवलका प्रमूख  भिमलाल भट्टराई लगायतको उपस्थितीमा भएको थियो ।

ट्राफिक प्रहरी प्रमूखले   बैकका यस प्रकारका कार्यहरु एकदमै सहरायिन रहको र आउदा दिनहरुको यस्तै किसिमको कामहरु गरी समाजमा अगाडी बढ्दै जान जान बैैकलाई सुभेक्षा  व्यक्त गर्नु भयो , साथै इलाका प्रहरी कार्यालयका प्रमूख भिमलाल भट्टराइले पनि बैकका यस प्रकारका कार्यहरु एकदमै सहरायिन रहको र समाजमा यस प्रकारका कार्यहरुले समाजमा सकारात्मक प्रभाव पार्ने कूरा बताउनूभयो । बैकले यस प्रकारका विभिन्न क्षेत्रमा सामाजिक उत्तरदायित्वको कार्यक्रमहरु मध्ये शिक्षा, स्वास्थ्य तथा बातावरण क्षेत्रमा काम गर्दै आएको र अब आउदा दिनहरुमा निरन्तरता दिने बैकका प्रमूख राजिव गौतमले बताउनू भयो