चट्याङ लागेर दाङमा एक युवकको मृत्यु

प्रकाशित मिति:

दाङ-चट्याङले लागेर दाङको तुल्सीपुरमा एक युवकको ज्यान गएको छ ।मंगलबार साँझ ६ बजेतिर परेको चट्याङले लागेर तुलसीपुर उपमहानगरपालिका वडा नं। १५ पहेँलपुरका १८ बर्षीया सुमन चौधरीको ज्यान गएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ ।

घर बाहिर निस्केको अबस्थामा चट्याङ लागेर गम्भीर घाईते भएका चौधरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मगलवार राती ज्यान गएको ईलाका प्रहरी कार्यालय तुलसीपुर प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिनु भयो ।एकहप्ता अघि पनि चट्याङले लागेर दाङको लालमटियामा तीन जना बालकको ज्यान गएको थियो