विश्वका चार अनौठा प्रतियोगिता

प्रकाशित मिति:

तपाइँले क्रिकेट, फुटबललगायतका तमाम खेलकुदका बारेमा सुन्नु तथा देख्नुभएकै छ । तर यो दुनियाँमा यीबाहेक पनि अरु धेरै त्यस्ता प्रतियोगिताहरु छन् जसको बारेमा सायदै तपाइँले कल्पना गर्न सक्नुहोला । आज हामी दुनियाँका त्यस्तै केही अनौठा प्रतियोगिताका बारेमा बताउँदैछौँ । फिनल्याण्डमा एउटा यस्तो प्रतियोगिता हुन्छ जहाँ सहभागी हुने सबै प्रतियोगीहरु एक रकस्टार जस्तै बनेर पेश हुनु पर्दछ । र, साँच्चिकै गितार बजाएको जस्तो गरी हात चलाउनु पर्दछ । अमेरिकाको वाशिङटनमा एउटा यस्तो प्रतियोगिता हुन्छ, त्यसको नाम दी हाइ हील ड्राग क्विन रेस हो । उक्त प्रतियोगिताको सुरुवात सन् १९८६ मा भएको थियो । त्यसमा पुरुषहरुले महिलाको भेषमा भाग लिने गर्दथे । तर अहिले यसमा महिलाहरुले पनि भाग लिन्छन् ।

बेलायतमा चीज रोलिङ्ग नामक अनौठो प्रतियोगिता हुन्छ । त्यसमा प्रतियोगीहरुले पहाडको भिरालोमा गुडिरहेका चिजका डल्लाहरुको पछि पछि कुँदेर चिजका डल्ला समाउनु पर्दछ । जो चिजका धेरै डल्ला समाउन सक्दछ, त्यसले प्रतियोगिता जित्दछ । थप्पड हान्ने प्रतियोगिता स् रुसको क्रास्नोयायासर्कमा मान्छेको गालामा थप्पड हान्ने प्रतियोगिता हुन्छ । यसको नाम पुरुष थप्पड प्रतियोगिता हो । उक्त प्रतियोगितामा पुरुषहरुले एक अर्कालाई थप्पड हान्दछन् । जसले धेरै भन्दा धेरै थप्पड सहन सक्दछ, त्यो नै विजेता हुन्छ ।अनलाईनखवरवाट