रुपन्देहीबाट ४ खेलाडी छनौट

प्रकाशित मिति:

असार १८ , बुटवल । प्रथम चामुण्डा अल नेपाल स्नोकर प्रतियोगिता ,काठमाण्डौँका लागि रुपन्देहीबाट ४ खेलाडी छनौट भएका छन् । असार २२ गतेबाट काठमाण्डौँमा सञ्चालन हुने प्रतियोगिताका लागि गोपाल न्यौपाने , शिशिर गुरुङ् , सुविन थापा र कुडल श्रेष्ठ रुपन्देहीबाट छनौट भएका हुन् । दुई दिन सम्म सञ्चालन भएको छनौट खेलका लागि रुपन्देही स्नोकर तथा पुल संघले सहजिकरण गरेको थियो । प्रतियोगितामा ३२ जना खेलाडिले भाग लिएकोमा ४ जना खेलाडीमात्र छनौट भएको रुपन्देही स्नोकर तथा पुल संघका सचिव शिव रानाले जानकारी दिए ।

चमुण्डा स्नोकर हाउस , काठमाण्डौँको आयोजना र नेपाल विलियर्डस स्नोकर तथा पुल संघको प्रायोजनमा खेल सञ्चालनमा हुन लागेको हो । सो प्रतियोगितामा प्रथम हुनेलाई २ लाख , दोश्रोलाई ७५ हजार , तेश्रो र चौथो स्थान प्राप्त गर्ने खेलाडीलाई ३० हजार साथै हाइस ब्रेक गर्ने खेलाडीलाई रु ५० हजार पुरस्कार राखिएको रुपन्देही स्नोकर तथा पुल संघका अध्यक्ष गजेन्द्र मान श्रेष्ठले बताए । रुपन्देहीबाट छनौट भएका खेलाडीहरुलाई रुपन्देही स्नोकर तथा पुल संघका संरक्षक शोभित दर्लामी , संघका वरिष्ठ सल्लाहाकार सञ्जयरत्न बज्राचार्य र संद्यका अध्यक्ष गजेन्द्र मान श्रेष्ठले बुधवार एक कार्यक्रमका विच विधाई तथा सम्मान समेत गरेका थिए ।