जी.पी. जयन्तीमा वृक्ष रोपण

प्रकाशित मिति:

धरान, १८ असारः पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति स्व. गिरिजा प्रसाद कोइरालाको जन्मजयन्तीको अवसरमा वृक्ष रोपण गरिएको छ । नेपाली कांग्रेस धरानको आयोजनामा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको हाताभित्र रहेको निर्माणाधीन वी.पी. पार्कमा वृक्ष रोपण गरिएको हो । स्व. कोइरालाको ९६औं जन्मजयन्तीको अवसरमा विभिन्न जातका दुईसय विरुवाहरु रोपिएको कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका जिल्ला सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, नगर सभापति तिलक राई, जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, माधव घिसिङ, गोविन्द बस्नेत, निलकुमारी गिरी, महासमिति सदस्य उमेश थापा, क्षेत्रीय उपसभापति धनवहादुर कटवाल, सचिव मुृरारी भट्टराई, नगर सचिव श्याम पोखरेल, महाधिवेशन प्रतिनिधि सन्तोष विक, १८ नं. वडा अध्यक्ष प्रविन राई लगायतका नेताहरु वृक्षरोपण कार्यक्रममा सहभगी भएका थिए ।