साङगोमा वाधेका बालकको उद्धार, विशेषज्ञ स्वास्थ्य शिविर संचालन

प्रकाशित मिति:

बुुटवल –साङगोमा वाधेर राखिएका पाल्पा रिब्दिकोट गाउ“पालिका १ ख्याहा जैथुमको एक ८ वर्षिय वालकको उद्धार गरिएको छ । प्रदेश नं ५का सामाजिक विकास मन्त्रि सुदर्शन बरालको पहलमा शिव कुमाललाई उद्धार गरी मानव सेवा आश्रम बुटवलमा ल्याईएको हो ।शिव कुमालकी आमा पार्वती कुमालले घरबाट भागेर अन्यत्रै जाने भएकाले शुरक्षाको लागी साङगोले वाध्न वाध्य भएको बताईन । शिवको वुवा वैदेशिक रोजगारीमा छन । आमा पार्वतीले ज्याला मजदुरी गर्छिन । ४÷५ वर्ष अघिदेखी नै शिवलाई परिवारले वाधेर राखेका थिए ।

उनको उपचारको लागी केही वर्ष अघि गाउ“पालिकाले पहल गरेको थियो । मिसन अस्पतालमा उपचारको भर्ना भएको ति वालकको कान्ति वाल अस्पताल काठमाडौमा रिफर गरिएको थियो । तर परिवारले वालकको उपचारको लागी वाहिर जान नसक्ने अवस्था भएपछि घरमै राखिएको थियो ।गाउ“पालिकाको अध्यक्ष नारायणवहादुर जिसीले वालकको लागी २० हजार रुपैया खर्च गरेको तर थप उपचारको लागी परिवारले समय निकाल्न नसकेकाले घरमै राख्नु परेको जानकारी दिए । लालन पालन तथा संरक्षण गर्ने सस्था भएकाले उपचारमा सहज हुने भएकाले वालकको उद्धार गरी उपचारको प्रकृया अगाडी वढाईएको मन्त्रि बरालले बताए ।

मानव सेवा आश्रमकी रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले आश्रमको टिमनै जैथुम पुगेर वालकलाई लिएर आएको जानकारी दिईन ।यसैविच सामाजिक विकास मन्त्रालय स्वाथ्य निर्देशनालयको आयोजनामा जैथुममा विशेषज्ञ सेवा सहितको एक दिने निशुल्क स्वाथ्य शिविर सम्पन्न भएको छ । शिविरको उद्घाटन गर्दे सामाजिक विकास मन्त्रि सुदर्शन बरालले प्रदेश सरकार गरिव विपन्न वर्गको घरदेलोमा पुगेर सेवा पुराउने प्रयासमा रहेको बताए । जैथुममा अधिकांश विपन्न कुमाल वस्ती रहेको र विपन्नताले अस्पताल जान नसकेकाहरुको राहतको लागी शिविर संचालन गरिएको बताए ।त्यसैगरी प्रदेश सांसद वसन्त घर्तिमगरले सामाजिक विसंगती विकृतीलाई हटाएर सुसंस्कृत समाज निर्माण गर्न युवाले पहल गर्नु पर्ने बताए । कार्यक्रममा गाउ“पालिकाको अध्यक्ष नारायणवहादुर जिसी, वडा सदस्य विष्णु प्रसाद गैरे लगायतले पछाडी परेको ठाउमा प्रदेश सरकारले चासो दिएकोमा खुसी लागेको बताउदै शिविरले विपन्न कुमाल समुदाय लाभान्वित भएको बताए ।