५ अर्ब ९० करोडमा लमजुङमा फिल्म सिटी बन्ने

प्रकाशित मिति:

काठमाडौँ –नेपाल सरकारले काठमाडौं उपत्यकामा सुविधा सम्पन्न इन्डोर फिल्म स्टुडियो निर्माण गर्ने तयारी गरिरहँदा नीजि क्षेत्रको लगानीमा लमजुङमा निकै ठूलो लागतमा फिल्म सिटी निर्माण हुने भएको छ । स्मार्ट फिल्म सिटीु निर्माणका लागि बुधबार सूचना तथा सञ्चार मन्त्रालयको सभाकक्षमा नेपालको तर्फबाट स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा।लि। र इटालियन कम्पनी वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच सहमती पत्रमा हस्ताक्षर भएको छ ।

नेपालको पहिलो, ठूलो र अन्तर्राष्ट्रिय स्तरको उक्त फिल्म सिटीका लागि अनुमानित ५ अर्ब ९० करोड लाग्ने स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्टका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । फिल्म सिटीको नाम वर्ल्ड स्काई सिने भिलेन नेपालु जुराइएको छ । चाँडै फिल्म सिटीको डिपिआरको काम हुने सम्झौता कार्यक्रममा वर्ल्ड एरियाका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले जानकारी दिए । यो फिल्म सिटीको निर्माण ५ देखि ७ वर्षमा पूरा हुने अनुमान गरिएको छ । लमजुङको बेसीसहर नगरपालिकाको वडा नं। ३, ४, ५ र ९ को ५ हजार रोपनीमा फिल्म सिटी निर्माण हुनेछ । उक्त फिल्म सिटी संसारकै सबैभन्दा अग्लो ठाउँको फिल्म सिटी पनि हुने अध्यक्ष अधिकारीले बताए । समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरसम्म उचाईमा यो फिल्म सिटी निर्माण हुन लागेको हो । निर्माता तथा निर्देशक समेत रहेका अधिकारीले वर्ल्ड स्काई सिने भिलेन नेपालले नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै उनले भनेविदेशी फिल्ममेकर्स नेपाल छायांकन गर्न आउँदा हामीकहाँ स्तरिय इक्यिूपमेन्ट छैन । इक्यिूपमेन्ट लिए आउँदा ठूलो खर्च लाग्छ । त्यो विग्रियो भने पनि हामीकहाँ ब्याकअप छैन । यसैकारण विदेशी मेकर नेपालभन्दा अरु देश जान चाहन्छन् । अब त्यो परिपूर्ती हामी गर्छौं । इक्यिूपमेन्टको हिसाबले पनि । लमजुङमा बन्ने फिल्म सिटीमा बलिउड वा हलिउड कुनै पनि फिल्म पूरा गर्न सक्ने परिकल्पना आफूहरुले गरेको उनले बताए । कार्यक्रममा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले लमजुङमा बन्ने अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी नेपाली फिल्म क्षेत्रका लागि एउटा कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे । उनले सरकारले घोषण गरेको छायांकनका लागि नेपालु नामक कार्यक्रमका लागि पनि यसले ठूलो सहयोग पुर्‍याउने बताए । स्मार्ट फिल्म सिटीु निर्माणमा समस्या आएको खण्डमा नेपाल सरकार सधैं सहयोग गर्न तयार रहेको पनि उनको भनाई छ ।