दुखद खबर, कार र स्कुटर जुध्दा बुटवलमा एकजनाको मृत्यु

प्रकाशित मिति:

बुटवल-बुटवलको पाखापानीमा कार र मोटरसाइकल एक आपसमा जुध्दा स्कुटर चालकको ज्यान गएको छ । ठक्करबाट बिहीबार बिहान एकजनाको ज्यान गएको छ । बुटवलबाट पश्चिम जांदै गरेको लु ३६ प ४३१४ नंं. को स्कुटर बिहान ३ बजे पश्चिमबाट पुर्वतर्फ आउंदै गरेको लु १ च १५८८ नंं.को कारसंग ठोक्किंदा स्कुटर चालक सैनामैना नगरपालिका ४ का अन्दाजी २५ वर्षिय अजित सलामी मगरको ज्यान गएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका सलामीलाई उपचारका लागि युनिभर्सल मेडिकल कलेज भैरहवामा पुर्याईएको थियो थियो । उनको उपचारका क्रममा बिहान ५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरमा तीनजना सवार थिए । स्कुटरमा सवार सैनामैना ४ कै २२ वर्षिय सन्जय पटेल र २६ वर्षिय विक्रम थारु सामान्य घाइते भएका छन् ।