कान्ति मा.बि : आवासीय सुविधा सहितको उत्कृष्ठ बिद्यालय

प्रकाशित मिति:

हरिश ढकाल– बुटवल, १९ असार । बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गरी सक्षम जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ बुटवल स्थित कान्ति मा.बि.ले आवासीय बिद्यार्थी शिक्षा कार्यक्रम (होस्टल) संचालन गरेको छ । राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा प्रतिष्पर्धा गर्नसक्ने उच्च शैक्षिकस्तरको जनशक्ति उत्पादन गर्ने लक्षका साथ कान्तिले आवासीय सुबिधा सहितको शैक्षिक कार्यक्रम संचालन गरेको हो । बिगत केही बर्षदेखि कक्षा १० मा अध्ययन गर्ने बिद्यार्थीहरुका लागि मात्र आवासीय सेवा र सुबिधा संचालन गर्दै आएको कान्तिले सबै बिद्यार्थीहरुमा शैक्षिक सुधार तथा बिकास गराउने उद्देश्य सहित शैक्षिक सत्र २०७५ देखि ११ र १२ कक्षाका बिद्यार्थीहरुका लागि पनि आवासीय कार्यक्रम संचालनमा ल्याएको छ । साथै आगामी शैक्षिक सत्रदेखि कक्षा ८ र ९ का बिद्यार्थीहरुका लागि पनि आवासिय ब्यबस्था उपलब्ध गराउने योजना रहेको कान्तिका प्राचार्य गोबिन्द ज्ञवालीले बताए । संभवतः प्रदेश ५ मै पहिलो पटक सामुदायिक विद्यालयहरु मध्येमा बुटवलको कान्ति माध्यमिक विद्यालयले कक्षा ११ र १२ लाई लक्षित गरी होस्टल संचालन गरेको प्राचार्य ज्ञवालीको दावी छ ।

बुटवलकै पुरानो मध्ये एक मानिने कान्ति माध्यमिक विद्यालयमा पहिलो पटक सम्पूर्ण पूर्वाधार सहितको मापदण्डमा आधारित रहेर होस्टेलका कक्षाहरु संचालन गरेको विद्यालयले जनाएको छ । करिब ३ हजार विद्यार्थीहरु अध्ययन गर्ने सो कान्ति मा.वि.मा अभिभावक तथा विद्यार्थीहरुको रुचि र आवश्यक्तालाई ध्यान दिँदै होस्टल संचालन गरेको विद्यालयका प्रअ ज्ञवालीको भनाई छ । ज्ञवालीका अनुसार छात्रावासमा बस्ने विद्यार्थीहरुको लागि खाजा, खानाको गुणस्तर र बसाईलाई सहज बनाइएको र अभिभावकहको सरसल्लाह अनुरुप अत्यन्तै कम शुल्कमा छात्रावास संचालन गरिएको भनाइ छ ।

बुटवल– ४ हाटबजारमा रहेको सो विद्यालयमा सम्पूर्ण सुविधा सम्पन्न होस्टेल संचालनका लागि बुटवल उप–महानगरपालिका बाट स्विकृती प्राप्त गरी कक्षा ११ र १२ का लागि मध्य नजर गर्दै होस्टेल संचालनमा लयाएको बताउदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमानन्द शर्माले शुरुमा सानो संख्याबाट शुरु गरिएको र पछि बिस्तारै बृद्धि गर्दै लैजाने लक्ष्य रहेको बताए । झण्डै ३ हजार बिद्यार्थीले अध्ययन गर्ने सो बिद्यालयमा करिब ३ सय जना अट्न सक्ने सुबिधा सम्पन्न आवासीय शिक्षा भवन निर्माण गरिएको छ ।  कक्षा १० का लागि रुपन्देहीमै पहिलो पटक २०६८ सालमा होस्टेल संचालनमा ल्याएको यस विद्यालयले पुनः कक्षा ११ र १२ का लागि पनि प्रदेश ५ मै पहिलो पटक हास्ेटेल संचालन गरेको कक्षा ११ र १२ का विज्ञान समुहका प्रमुख मोहन भट्टराईको भनाई छ । विद्यार्थीहरुको रुचिलाईलाई ध्यानमा राखी उनिहरुको सिकाई क्षमता विकासमा कुनै पनि कसर बाँकी नराखी गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले आवासीय ब्यबस्था गरि कक्षा संचालन गरेको बताए । यता कक्षा ११,१२ होस्टेल वार्डेन महेश भट्टराईका अनुसार विद्यार्थीहरुलाई सबै किसिमका आवासीय सेवा सुविधा प्रदान गरेको रं उनिहरुको खान बस्नका लागि उचित प्रबन्ध मिलाएको बताउछन् । खान, बस्न, पढ्न र खेल्नका साथै विद्यार्थीहरुको चौतर्फी विकासका लागि आफुहरु हरपल खटिएको वार्डेन भट्टराईले बताए । शुरुमा विज्ञान समुहका विद्यार्थीहरुलाई मात्रै होस्टेल संचालन गरिएको भएपनि आउदा दिनहरुमा अन्य समुहका विद्यार्थीहरु र थप संख्या सहित होस्टेललाई बढाउने योजनामा रहेको सहायक प्रअ चुडामणी पौडेलको भनाई छ । बि.स. २०१० सालमा स्थापना भएको यो विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा १२ सम्म विहानी र दिवा सेवामा पढाई भैरहेको छ । विभिन्न सामाजिक परिवेश र अभिभावकहरुले विद्यार्थीहरुको पठन पाठनमा ध्यान पुराउन नसकि रहेको सन्दर्भमा आवासीय सुविधा सहितको पठनपाठन ले शैक्षिक उपल्वधी बृद्धि गर्नुका साथै टाढाबाट आउने विद्यार्थीहरुलाई सहजता प्रदान गरेको छ भने महंगो कोठा भाडा तिरेर बस्नुपर्ने अवस्थालाई समेत अन्त्य गरेको छ ।