फाइब स्टार होम सोलुसनको योगिकुटीमा शो रुम तथा बिक्रि कक्ष शुरु

प्रकाशित मिति:

भारतको सेरा कम्पनीका टायल, मार्वल,सेनेटरी प्लम्विगं तथा बाथ फिटिगंका सामान बिक्रिका लागि डिलरसीप लिएको फाइब स्टार होम सोलुसनले बुटवलको योगिकुटीमा शो रुम तथा बिक्रि कक्ष खोलेको छ ।
बिक्रि कक्ष तथा शो रुमको आज एक कार्यक्रमका बीच बुटवल उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष उज्ज्वल कसजुले शुभारम्भ गर्नु भयो ।
त्यसअवसरमा उहाले बस्तुको गुणस्तरीयतासंगै सेवामा पनि गुणस्तर कायम गरी उपभोक्ताको मन जीत्न शुभकामना दिनुभयो ।
फाइब स्टार होम सोलुसनको सञ्चालकमा बुटवका ५ जना प्रतिष्ठित व्यवसायीहरु गणेश प्रसादभट्टराई, नेत्र पाण्डे,महेश पाण्डे, बालकृष्ण अर्याल र सरोज भण्डारी हुनुहुन्छ ।
बुटवल १० योगिकुटीमा शो रुम र बिक्रि कक्ष राखेपनि बुटवल तथा आसपासका सबै क्षेत्रमा उपभोक्ताको चाहना अनुसार सेवा प्रवाह गर्ने सञ्चालक नेत्र पाण्डेले बताउनु भयो ।