योगेश भट्टराईको कडा अभिव्यक्तीः दीपक मनाङ्गेलाई कमरेड भन्न सकिन्न

प्रकाशित मिति:

काठमाडौं – आपराधिक पृष्ठभूमिका राजीप गुरुङ अर्थात् दीपक मनाङे नेकपा प्रवेश गरेपछि पार्टीका स्थायी कमिटी सदस्य योगेश भट्टराईले आपत्ति जनाएका छन् । मनाङे आज पोखरामा आयोजित एक कार्यक्रममा नेकपा प्रवेश गरेपछि भट्टाराईले यस्तो बताएका हुन् । उनले समाजिक संजाल ट्वीटरमा ट्वीट गदै लेखेका छन्, ‘राजनितिक पार्टीलाई मान्छे त चाहिन्छ नै तर कस्ता मान्छे ल्यायौं ? कस्ता कस्ता ल्याउँदै छौं ? परिणम के भैइरहेको छ ? राम्ररी विचार गरौं है’ रसिया भ्रमणमा रहेका भट्टाईले माइक्रो ब्लगिङ साइट ट्वीटरमार्फत यस्तो बताएका हुन् ।

मनाङ ख बाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए। तर, फौजदारी मुद्दामा उच्च अदालतबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन्। अहिले सो मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उनलाई नयाँ कानुन अनुसार सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न दिएपछि बाटो खोलिदिएको थियो। त्यसपछि मनाङेले प्रदेश सांसदको रूपमा सपथ लिएका थिए।

उनी योभन्दा पहिले पनि नेकपा एमालेमा दुई पटक प्रवेश गरिसकेका थिए। उनी यस अगाडि नेकपा एमाले काठमाडौं जिल्ला कमिटी र मनाङको चामेमा भएको नेकपा एमालेको कार्यक्रममा पार्टी प्रवेश गरिसकेका थिए। हाल उनी प्रदेशको अर्थ तथा विकास समितिको सदस्य समेत हुन्। राजीवसँगै विप्लव समूहका कास्की सचिवालय सदस्य तथा माछापुच्छ्रे गाउँपालिका संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गरेका छन् ।