एसएलआर र एलएमजी सहित विप्लव कार्यकर्ता पक्राउ

प्रकाशित मिति:

काठमाडौं – प्रहरीले संखुवासभाबाट १ नाल एसएलआर राइफल र एक नाल एलएमजी बरामद गरेको छ। प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाका अनुसार खोजतलासको क्रममा प्रहरीले मेवा खोला क्षेत्रबाट हतियार, १ सय १० राउन्ड गोली, म्यागजिन सहित एक कार्यकर्तालाई पक्राउ गरेको हो ।

प्रहरीले दुई वटा मोबाईल समेत वरामद गरेको छ। प्रहरीले त्यहाँबाट विप्लव समूहका जिल्लास्तरीय नेता निमदोर्जे तामाङलाई समेत पक्राउ गरेको छ ।

सोमबार सुरक्षाका लागि गस्तीमा रहेको प्रहरी टोली र विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताबीच सिलिचोङमा गोली हानाहान भएको थियो । गोली हानाहानमा कुनै क्षति भने भएको थिएन। त्यसपछि प्रहरीले सर्चलाई तिब्रा पारेको थियो ।