कृष्णनगर उद्योग वाणिज्य संघमा रामकुमार गुप्ता बिजयी

प्रकाशित मिति:

इमरान खान/कपिलवस्तु – कपिलवस्तु जिल्लाको पुरानो व्यापारीक केन्द्र सिमावर्ती कृष्णनगर बजारका उद्योगी व्यापारीहरुको प्रतिष्ठीत संस्था कृष्णनगर उद्योग वाणिज्य संघको अध्यक्षमा राम कुमार गुप्ता निर्वाचित हुनुभएको छ । अधिवेशन र मतदानको कार्य बुधवार सम्पन्न भएको थियो भने मत गणना बिहिवार भएको थियो । मतदान अधिकृत ओमप्रकाश अर्यालका अनुसार गुप्ताले निवर्तमान अध्यक्ष गुरुशरण सिंहलाई ४९ मतको फरक अन्तरले हराउनुभएको बताउनुभयो ।

नव निर्वाचित अध्यक्ष गुप्ताले २ सय २२ मत प्राप्त गर्नुभयो भने उनका निकटतम प्रत्यासी सिंहले १ सय ७३ मत पाउनुभएको छ । निर्वाचन समितीका अनुसार उम्मेदवारहरुमध्ये सवैभन्दा बढी मत प्राप्त गरी संघको अध्यक्षमा राम कुमार गुप्ता विजयी भएको घोषणा गरिएको छ । मतदान अधिकृत ओमप्रकाश अर्यालका अनुसार निर्वाचनमा कुल ७ सय ३१ मतमध्ये ६ सय ५६ मत खसको थियो । नगरपालिकाको बुद्धनगरमा सम्पन्न निर्वाचनको मतगणनाको अन्तिम परिणाम बिहिवार सार्वजनिक भएको छ । यसैगरी वरिष्ठ उपाध्यक्षमा नसिम हुसेन, उपाध्यक्षमा रबिन्द्रकुमार गुप्ता निर्वाचित हुनुभएको छ ।

महा–सचिव पदका प्रत्यासी घनश्याम दास, कोषाध्यक्षका उम्मेदवार युवराज पोख्रेल र एकजना महिला सदस्य चुमकला भुसाल निर्बिरोध निर्वाचित हुनुभएको छ । कृष्णनगर उवासंघमा राम विजयी यसैगरी मतदानबाट सचिवमा पंकज कुमार गुप्ता (प्रशान्त), सदस्यहरुमा अजित प्रताप सिंह, बिपिन कुमार गुप्ता, अशोक कुमार गुप्ता, बिरेन्द्र कुमार मौर्य, अरबिन्द अग्रवाल, गोपी कृष्ण भट्टराई, पावन कुमार अग्रवाल, महेश कुमार चवलापुरी, बिन्दयाचल दुबे, पुरन गुप्ता र अशिष कुमार गुप्ता बिजयी भएको निर्वाचन समितीले जनाएको छ । कृष्णनगर उद्योग वाणिज्य संघको हरेक अधिवेशन मतदानबाटै नया नेतृत्व चयन हुने गरेको एतिहासीक पृष्टिभूमी छ ।