मन्दिरको परिक्रमा किन गर्ने ? के हो यसको फाइदा ?

१९ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
8K Shares


हिन्दूहरू आफ्नो आस्था प्रकट गर्न नियमित मन्दिर जाने गर्छन् । मन्दिर गएपछि देवीदेवताको प्रतिमामा पूजाअर्चना गरिन्छ । त्यसपछि मन्दिर परिक्रमा गर्ने विधान हुन्छ । के हो त यसको कारण ?

खासमा मन्दिर परिक्रमा गर्नु लाभदायक छ । मन्दिरहरूमा सकारात्मक ऊर्जाको प्रवाह भइरहेको हुन्छ । यो ऊर्जा हाम्रो शरीरमा स्थानान्तरित हुन्छ र हामी आनन्द अनुभव गर्छौं । मन्दिर निर्माण गर्दा वास्तुको ध्यान दिइएको हुन्छ । अनि स्वतः प्रकट भएको मूर्तिमा तथा पछि प्रतिष्ठापित मूर्तिमा प्राणप्रतिष्ठा गरिएपछि त्यहाँ ऊर्जाको प्रवाह सुनिश्चित हुन्छ ।

मन्दिर परिक्रमा जहिले पनि सुल्टोबाट अर्थात् घडीको सुई जतातिर घुम्छ, उतैतिरबाट गर्नुपर्छ । विपरीत दिशाबाट परिक्रमा गर्दा ऊर्जालाभ हुँदैन । परिक्रमाको अर्को नाम प्रदक्षिणा हो । परिक्रमालाई प्रार्थनाको अभिन्न अंग मानेका छन् शास्त्रहरूले । परिक्रमा जहिले पनि बिजोडी संख्यामा गरिन्छ र तीनचोटि परिक्रमा गर्ने प्रचलन व्यापक छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • वीर अस्पतालमा दुई जनाको मृत्यु, कोरोनाको रिपोर्ट आउनै वाकी
  • भाइरसले भन्दा भय र त्रासले आतंकित
  • बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु भएका थापाको कोरोना रिपोर्ट नेगेटिभ…
  • टोल बिकास समितीले सचेतना सहित मास्क र साबुन बितरण गर्‍यो…
  • भारतबाट आएकी वीर अस्पताल भर्ना भएकी युवतीको मृत्यु
  • कञ्चनको वारेन्टाइनमा योगाभ्यासको मार्फत आत्मबल बृद्धी गराइदै
  • सामान क्लब द्धारा इलाका प्रहरी कार्यालय मंगलापुरलाई सहयोग समाग्री हस्तान्तरण
  • सुस्ताको यात्राका केही कुरा
  • देवकोटा बिधालयद्वारा दैविक कोषमा सहयोग प्रदान
  • नेकपाद्धारा आवश्यक परे स्वयसेवामा खट्न कार्यकर्तालाई निर्देशन