प्रतिक्षालयमा सुतेका युवा मृत अवस्थामा फेला

प्रकाशित मिति:

मोरङ – उर्लाबारी नगरपालिका–३ मा रहेको सार्वजनिक प्रतीक्षालयमा सुतेका एक पुरुषको मृत्यु भएको छ । अन्दाजी ४०/४५ वर्षको जस्तो देखिने पुरुष बुधबार राति प्रतीक्षालयमा सुतेका थिए । उनके त्यहीँ मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी केही समयदेखि सुनझोडा क्षेत्रमा मागी खाने गरेका थिए । सुतेकै प्रतीक्षालयमा बिहीबार बिहान मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमको लागि मंगलबारे अस्पतालमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।