धादिङमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं – धादिङको ज्वालामुखी गाउँपालिका-६ काउलेडाँडामा मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् । धादिङबेशीबाट ढकाल गाउँतर्फ जाँदै गरेको ट्रक बिहीबार दिउँसो कच्ची सडकखण्डमा दुर्घटना हुँदा सोही ठाउँका ३६ वर्षीय कृष्ण रम्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । घाइते हुनेहरुमा ज्वालामुखी गाउँपालिका-६ कै २२ वर्षीया बिनु सुनार, उनकी २ वर्षीया छोरी कपिज सुनार र २५ वर्षीय दिवाकर ढकाल रहेका छन् ।

बिनुको दुबै खुट्टामा चोट लागेको छ उनीकी छोरी भने सामान्य छन् । ढकालको दुबै खुट्टा र दाहिने हातमा चोट लागेको छ । उनीहरुको जिल्ला अस्पताल धादिङमा उपचार भइहेको प्रहरीले जनाएको छ । ट्रक उकालो कच्ची सडक चढ्ने क्रममा ब्रेक फेल भइ सडकको भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ ।