मास्कको अवस्था बुझ्‍न आफूसँग स्कुटरमा यात्रा गर्न प्रधानमन्त्रीलाई कांग्रेस सांसद शाहीको आग्रह

प्रकाशित मिति:

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसद रगंमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीले ‘काठमाडौंमा मास्क लगाएर हिँडन नपर्ने’ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

बिहीबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा सांसद शाहीले काठमाडौंमा मास्क लगाउन पर्ने-नपर्ने अवस्थाको जानकारी लिन आफूसँगै स्कुटरमा बसेर यात्रा गर्न पनि प्रधानमन्त्री ओलीलाई आह्वान गरिन् । “म वनस्थली बस्छु, यहाँबाट बनस्थलीसँग मेरो स्कुटरको पछि बसेर यात्रा गर्नुछ,’ सांसद शाहीको भनाई थियो, ‘प्रधानमन्त्रीलाई मेरा सुझाव छ, त्यसपछि थाहा हुन्छ माक्स लगाउनुपर्छ कि पर्दैन भनेर ।”

प्रधानमन्त्री ओलीले केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा मास्क लगाएर हिंडनुपर्ने अवस्था नरहेको भनि अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्रीको सो अभिव्यक्तिको सामाजिक संजालमा समेत चर्को आलोचना भइरहेको छ ।सांसद शाहीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ उपस्थित भएको सो बैठकमा प्रधानमन्त्रीले उद्घाटन गरेको विद्युतीय बस कहाँ छ भनी प्रश्न पनि गरिन् । उनले सरकारले तीन सयवटा विद्युतीय बस सञ्‍चालन गर्ने योजना बनाएको उल्लेख गर्दै त्यसका लागि ब्याट्री चार्जिङ स्टेशनको व्यवस्थापन सम्बन्धि योजनाबारे पनि जिज्ञासा राखेका थिए