एनआरएन यूकेको विधानका त्रुटि सम्बन्धि गरिएको विषेश फोनसंवाद

१९ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
40 Shares


एनआरएनए यूकेका उपमहासचिव विनय अधिकारीले आइसिसी का महासचिव बद्री केशी संग करिब एक घण्टा फोन वार्ता गर्नूृ भएको छ ।
आउँदै गरेको आगामी १४ सेप्टेम्बरमा हुने २०१९–२०२१ को आईसिसी निर्वाचन बारे र यसको नीतीगत विधानमा देखियका त्रुटिहरुको विषयमा करिब एक घण्टा फोन वार्ता गर्नू भएको हो ।विधानमा ९० प्रतिसत जनसंख्या भएको ठाउँमा जम्मा दुईजना उपाध्यक्ष र अन्यमा मात्र चार जनाको कोटा छुट्याउनु न्याय नहुने भनि एनसिसी कार्यसमितिमा मतक्यै रहँदै आएको र यस विषयलाई आगामी अगष्ट १० गतेको राष्ट्रिय सम्मेलनमा पेस गरि सबैको हितमा हुनेगरि कार्ययोजना ल्याउनु पर्ने र विधान सच्याउनु पर्ने कुरामा अधिकारिले केद्रिय महासचिव केशीसंग जोडदार माग राख्नु भयो ।

विधानको बुधा नं. १८.२, धारा १८.१ को प्रयोजनका लागी नर्दन आयरल्यण्डबाट १ जना, स्कटल्याण्डबाट १ जना, वल्सबाट १ जना, महिला एकजना र २ जना खुल्ला रुपमा उपाअध्यक्षपदमा निर्वाचित हुनेछन भने ३ जना सचिवमध्ये एकजना महिला हुनेछ । सम्बन्धित राज्यबाट उम्मेदवार बन्नकालागी कम्तिमा सो राज्यमा एक वर्ष बसोबास गरेको हुनुपर्ने छ । भन्ने बारेमा एनआरएन यूकेको विधानमा उल्लेख छ ।
तर यसमा कुनै पनि ठाउँमा बसोवास गर्ने मानिसहरुको जनसंख्यालाई हेरेर सोहि अनुसार उम्मेद्वारहरुको संख्या निर्धारण गर्दा समान न्याय हुनेमा कुनै दुईमत नभएको बताउदै ।

आगामी अगष्ट १० मा हुन गईरहेको राष्ट्रिय सम्मेलनसम्म एनआरएन यूकेको विधान पुनरावलोकन गरि व्यवहारिक पक्षलाई मध्यनजर गर्दै सच्याउन सहयोगको लागी अधिकारीले अपिल गर्नु भयो । यस कुरालाई समर्थन गर्दै महासचिव केशीले एनआरएन यूकेले चाडो भन्दा चाडो सम्बन्धित पक्षसंग समन्वय नगरे सम्पूर्ण एनआएनएहरुको हित विपरित हुने, यदि यस विषयलाई सुनुवाई नभए एनसिसी निवार्चन पनि हुन नसक्ने सम्र्पूण पदाधिकारिहरु स्वत रद्धहुने बताउदै यदि कुनै कारणबस एनसिसीले समयमा निर्वाचन गर्न सकेन भने सम्पूर्ण पदाधिकारिहरु आईसिसीको निर्वाचनमा पनि सहभागी हुन नपाउने केशीले बताउनु भयो ।  फोन वार्तामा महासचिव केशीले उपमहासचिव अधिकारिसंग तत्काल एनसिसीको ईलेक्सन गर्नू पर्ने यसमा आफ्नो तार्फबाट विधान समिति साथै सम्बन्धित निकायसम्म यसकुरालाई गम्भिर रुपमा लिएर समन्वयका साथ अगाडि बढ्ने र एनसिसीको यस ब्यवहारिक पक्षलाई मध्यनजर गरि सम्पूर्ण रुपमा आफू लागी पर्ने बताउनु भयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • प्रचण्ड र नेपालबीच खुमलटारमा गोप्य छलफल
  • वालिङ ३ माझकोटमा स्वास्थ्य शिविर २ सय ५० जनाले पाए…
  • दुई दिने सिएफएलजिको कार्य सम्पादन समिक्षा तथा कागजात व्यवस्थापन कार्यशाला…
  • तिर्थराज राष्ट्रिय पत्रकारिता पुरस्कार २०७६ समारोहलाई सम्बोधन गर्न सिटौला नवलपुर…
  • नेपाल भ्रमण वर्ष : पाँच हजार व्यक्तिलाई पर्यटकीय तालीम दिइने
  • नेकपा सचिवालय बैठक सोमबार बस्ने
  • दोस्रो भीरकोट महोत्सव फागुनमा- ‘पर्यटन बर्ष सफल बनाउन महोत्सव’
  • विवाह पछि ऋचा भन्छिन् : ‘माया अनि आर्शिवाद सदैब यसरी…
  • ‘यो स्वर्ण दूध बेचेर मलाई कलेज पढाउने आमालाई’
  • भ्वाइस अफ नेपाल जितेपछि राम लिम्बु ट्रफी लिएरै पहिलो पटक…