एसइइ उर्तीण विद्यार्थीलाई नेविसंघ द्धारा सम्मान

प्रकाशित मिति:

एशिव शरण महत  –  गत असार १२ गते एसइइको रिर्जल्ट प्रकाशन भए संगै उर्तिण विद्यार्थीहरुलाई नेपाल विद्यार्थी संघ भीरकोट नगरकार्य समितिले भीरकोट नगरपालिकामा रहेका माविका विद्यार्थीहरु लाई सम्राट सदनको हलमा एसइइ उर्तीणको प्रमाण पत्र सहित सम्मान गरेको हो ।   भीरकोटका समुदायीक र संस्थागत गरी १७ मावि का ४४५ जना विद्यार्थीले एसइइ दिएका मध्ये ११ जनाले A+ ५३ जनाले A,७७ जनाले B+ ९० जनाले B, १०२ जनाले C+ ७४ जनाले c२१ जनाले D+१७ जनाले D ल्याउन सफल भएका थिए । ४४५ जना उर्तिण एसइइका विद्यार्थी मध्ये ९२ जना विद्यार्थीहरु सम्मान कार्यक्रममा हर्षित मुद्रामा सहभागी भएका थिए ।

एसइइ उर्तिण विद्यार्थीको सम्मान कार्यक्रममा वोल्दै नगर प्रमुख एंव कार्यक्रमका प्रमुख अतिथि छायाराम खनालले एसइइमा उर्तीण विद्यार्थीहरुलाइ उच्च शिक्षा हासिल गर्न खुट्किलो पास गरेकोमा वधाई ज्ञापन गर्दै आगामी दिनका अध्ययनले झनै सफलता पाइ आफ्नो र देशकै नाम राख्न सक्ने व्यक्ति वन्न आग्रह गर्नुभयो । नगरपालिकाले शैक्षिक गुणस्तर,सिपमुलक एवम व्यवहारीक शिक्षा प्रदान गर्नको निम्त्ति निति तथा कार्यक्रम वनाइ अगाडी वढेको समेत खनालले वताउनु भयो ।  विद्यार्थी सम्मान कार्यक्रममा नगर उप प्रमुख सिमा केसी कर्माचार्य,नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि गोविन्द कुमार कर्माचार्य,नेपाली कांग्रेस नगर सभापती तोयनाथ अर्याल, नेपाली कांग्रेस पूर्व जिल्ला कोषाध्यक्ष पिताम्वर श्रेष्ठ,नगर प्रवक्ता दिपेन्द्र केसी, ८ का वडा अध्यक्ष भीम वहादुर गुरुङ् , वोर्ड सदस्य विष्णु माया काफ्ले,नेपाल विद्यार्थी संघका जिल्ला सभापती अजित क्षेत्री, त्रिया क्याम्पसका स्वीयू सभापती सुनिल चापागाई लगायतले शिक्षा संग संगै जिवनमा राजनीती पनि जोडिने हुँदा विचार पुर्याएर राजनीतिमा प्रवेश गर्नु पर्ने भन्दै नेविसंघले आफूहरुलाई पुर्याएको योगदान वारे आ आफ्ना भनाई राखेका थिए ।  नेविसंघ भीरकोट नगरकार्य समितिका सभापती लक्ष्मण अधिकारीको सभापतीत्वमा सम्पन्न कार्यक्रमको संचाल सचिव नविन क्षेत्री र स्वागत नेविसंघका क्षेत्रीय सचिव एशिव शरण महतले गर्नुभएको थियो ।