सुनौलो संगम तिलोत्तमा मेयर कपको अन्तिम आठमा

प्रकाशित मिति:

टोपराज शर्मा ,बुटवल, १९ असार । सुनौलो संगम युवा क्लबले प्रथम तिलोत्तमा मेयर कप फुटबल प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको छ । तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा बिहीबार सम्पन्न खेलमा सुनौलो संगमले फर्साटिकर एकेडेमीलाई ५–० गोल अन्तरले पराजित गरेको हो । सुनौलो संगमको जितमा मन्दिप थापाले ९ औं, ५१औं र ५४ औं मिनेटमा गरी ह्याट्रिक गरेका थिए भने आशिष गुरुङले १८औं र रितेश मल्लले ७३ औं मिनेटमा गोल गरेका थिए ।

खेलमा मन्दिप थापा मयान अफ द म्याच घोषित भएका छन् । शुक्रबार पहिलो चरणको अन्तिम खेलमा झरना स्पोर्टस् क्लब कुन्जलापुर र भूपू सैनिक स्पोर्टस् क्लब सालघारी बुटवलबीच प्रतिस्पर्धा हुने आयोजक तिलोत्तमा फुटबल एकेडेमीका विकास गुरुङले जानकारी दिए । २८ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले एक लाख ११ हजार रुपैया नगद सहित कप तथा मेडल र उपबिजेता टीमले ५५ हजार रुपैयां नगद र मेडल प्राप्त गर्ने छन् । प्रतियोगिता अवलोकनका लागि स्थानीय खेलप्रेमीहरुको उपस्थिति बढ्दै गएको एकेडेमीका महासचिव युवराज पराजुलीले बताए ।