किन रोईन अन्जली अधिकारि हेर्नुहोस

प्रकाशित मिति:

काठमाडौँ –हिन्दु नारीहरूको महान् पर्व तिजको अवसर पारेर पूर्ण कला बिसीको स्वरमा रहेको तीज गीत सार्वजनिक भएको छ। कस्तुप पन्तको शब्द सङ्गीतमा रहेको “पापी तीज” बोलको गीत युट्युबाटमर्फत सार्वजनिक गरिएको हो ।बिशेषगरी जन्म घरबाट कर्मघर पुगेपछि त्यहाँको कयौँ बाधा अर्चना सामना गर्दा पनि वर्ष दिनको चाड तीजमा आफ्नो माइती घर जान नपाएको पिडा यस गीतले बोलेको छ ।

साथै पोहोर साल पनि घर बिदा नभएर माइती जान नपाएकी चेलीले अन्य सहज रूपमा तिज मनाउन माइती जाने संगीहरुलाई शुभकामना समेत यस गीतको माध्यम बाट व्यक्त गरिएको छ अञ्जलि अधिकारीको अभिनय रहेको करिब १४ मिनेटको गीतले अशंख्य चेलीहरूको यथार्थता बोलेको छ । उक्त गीतको भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको उक्त गीतको भिडियोलाई विष्णु शर्माले सम्पादन गरेको हुन ।

https://youtu.be/zvPL4HWExOg