शुद्दोदन गाउँपालिका २ को सार्बजनिक सुनुवाई कार्यक्रम सम्पन्न

१९ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया


शुद्दोदन गाउपालिका– २ को सार्बजनिक सुनुवाई सम्पन्न भएको छ । शुद्दोदन – २ स्थित वडा कार्यालय भुजौलिको सभाहलमा वडा भरीका जनताका बिचमा सार्बजनिक सुनुवाई भएको हो । रेडियो लुम्बिनीको आयोजना तथा शुद्दोदन गाउपालिकाको समन्वयमा भएको कार्यक्रममा जनताको गुनासो र गाउपालिकाको सेवाका बिषयमा गरिएको अध्ययन प्रतिबेदन प्रस्तुत गर्दै शुरु भएको सार्बजनिक सुनुवाईमा सेवाग्राहीहरुले आफ्ना गुनासो गाउपालिका अध्यक्ष, सभासद तथा वार्ड अध्यक्ष सामु राखेका थिए । शुद्दोदन– २ का वार्ड अध्यक्ष बिष्णु प्रसाद बस्यालको अध्यक्षता तथा प्रदेश सांसद पुष्पा थारुको प्रमुख आतिथ्यतामा सम्पन्न सार्बजनिक सुनुवाइमा बिशिष्ठ अतिथि शुद्दोदन गाउपालिका प्रमुख किसुनचन्द्र चौधरी, गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली, प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने, रेडियो लुम्बिनीका कोशाध्यक्ष अर्जुन उपाध्याय, स्टेशन म्यानेजर कृष्ण केसी लगायतको उपस्थिति रहेको थियो ।

सार्बजनिक सुनुवाईमा शिक्षा, स्वास्थ्य , बिकास योजना , कृषि , महिला अधिकारका लगायत गाउपालिकाका सम्पूर्ण गतिबिधिहरुका बिषयमा प्रस्नोत्तर गरिएको थियो । बिषयगत रुपमा वार्ड अध्यक्ष तथा गाउपालिकाका अध्यक्ष एबम प्रमुख प्रशासकीय अधिकृतहरुलाई जनताले पठाएको प्रश्नहरु गरिएको थियो । शुद्दोदन गाउपालिकामा अघिल्लो बर्षको तुलनामा कार्यप्रगती भएको देखिए पनि अझै धेरै काम गर्न जरुरी रहेको गाउपालिकाका वार्ड नम्बर– २ अध्यक्ष बिष्णु प्रसाद बस्यालले बताउनुभएकोे थियो । गाउपालिकाले आगामी दिनमा सिपमुलक, आयमुलक तालिम दिनुपर्ने र समग्र बिकाशका निम्ति दीर्घकालीन योजनामा ध्यान दिनुपर्ने स्थानियको सुझाब थियो ।

गाउपालिकाका गतिविधि सम्बन्धमा आएका प्रश्नहरुको जवाफ सहितको मन्तब्यमा शुद्दोदन गाऊपालिका वडा नम्बर– २ का अध्यक्ष बिष्णु प्रसाद बस्यालले जवाफदेहिता सहितको काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो । उनले गाउपालिकाको समग्र समृद्दीका लागि प्रयाप्त बजेट र दिर्घकालिन योजना बनाइएकोले जनताको आवश्यकता छिट्टै पुरा हुने बताउनुभयो । जनतालाई सुबिधा सहितको सेवा दिन दिनरात आफू लागिरहेको बताउदै बस्यालले शुद्दोदन गाउपालिकालाई नमुना गाउपालिका बनाउनका लागि सबैको सल्लाह सुझाब र सहयोग आवश्यक रहेको बताउनुभयो । बस्यालले केही योजनाहरुको कामको भुक्तानी भैइसकेको र बाँकि कामको निरन्तर अनुगमन मुल्यांकन गरेर प्रकृयागत ढङ्गबाट काम अगाढी बढाउने बताउनुभयो । कार्यक्रममा प्रदेश सांसद पुष्पा थारु, शुद्दोदन गाउपालिका अध्यक्ष किसुन चन्द्र चौधरी , उपाध्यक्ष शान्ता ज्ञवाली, प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपानेले आ–आफ्ना लागि आएका प्रश्नोत्तरको सहजीकरण गर्नुभएको थियो । सो अवसरमा बोल्दै गाउपालिका प्रमुख किसुन चन्द्र चौधरीले अब बिकाशको चरण शुरु भैसकेकाले बजेटको अभावमा कुनै पनि कार्यक्रम नरोकिने बताउनुभयो । सोहि कार्यक्रममा बोल्दै प्रदेश सांसद पुष्पा थारुले महिलाको अधिकारका लागि सबै एक हुनुपर्ने र हक अधिकारका लागि स्थानिय तहमा समेत जागरुक हुनुपर्ने बताउनुभयो । स्वागत मन्तब्य दिदै रेडियो लुम्बिनीका कोशाध्यक्ष अर्जुन उपाध्यायले स्थानिय तह संगको समन्वयले जनतालाई सुसुचित गराउदै जनप्रतिनिधि र जनताको बिचमा पुलको काम गरेको बताउनुभयो । प्रत्यक्ष रुपमा राख्न र भन्न नसकेको र थाहा नपाएको बिषयबस्तुलाई सार्बजनिक सुनुवाइले चिरेको उहाको भनाइ छ । कार्यक्रममा गाउपालिका कार्यपालिका सदस्य मखमली सुनार, कमल खड्का , उमाकान्त चापागाईं , धनकुमारी चौधरी लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि , संघ सस्थाका प्रतिनिधि , बुद्धिजीवी समाजसेवी लगायत स्थानियको उपस्थिति रहेको थियो । कार्यक्रम रेडियो लुम्बिनीका कार्यक्रम प्रमुख प्रकाश गौतमले सन्चालन गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया