‘आइफा रद्ध हुँदा अन्तर्राष्ट्रियस्तरमा नेपालबारे नराम्रो सन्देश गयो’:दिपकराज गिरी

१९ असार २०७६, बिहीबार ०   बिचार / प्रतिक्रिया
73 Shares


काठमाडौं– इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड आइफा रद्ध भएकोमा कलाकार दिपकराज गिरीले असन्तुष्टि जनाएका छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले रद्ध गर्न निर्देशन दिएसँगै अवार्ड नहुने निश्चित भएको छ। अवार्ड नै नहुने अवस्था सिर्जना भएपछि हास्य कलाकार गिरीले असन्तुष्टि जनाएका हुन्। आइफा रद्ध हुँदा अन्तर्राष्ट्रिय स्तरमा नेपालबारे नकारात्मक सन्देश गएकोमा चिन्ता व्यक्त गर्दै गिरीले पैसा मात्रै बचाएर केही नहुने उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘आइफा नगरेर देशको पैसा त बच्यो राम्रो कुरा हो। तर अन्तर्राष्ट्रिय स्तरका कुनै पनि ठूला कार्यक्रम गर्न नसक्ने देश भनेर पनि प्रचारित हुँदैछ किरु निजी स्तरले गर्न लागेको होस् वा सरकारी स्तरले, यस्ता ठूला कार्यक्रमहरू लगातार धेरै पटक स्थगित भैरहेका छन्। यसले पनि नराम्रो सन्देश गैरहेको छ। पैसा मात्रै बचेर हुँदैन, प्रतिष्ठा पनि बच्नु पर्छ।’

नेपालको पर्यटन प्रवर्द्धनका लागि भन्दै सरकारले आइफा अवार्ड नेपालमा गर्ने निर्णय गरेको थियो। यसका लागि नेपाल पर्यटन बोर्ड र आयोजक संस्था ह्वीजक्राफ्ट इन्टरनेशनल इन्टरटेनमेन्टबीच सहमतिमा हस्ताक्षर समेत भइसकेको थियो।अवार्ड समारोहमा विभिन्न देशका ६ सय प्रतिनिधि नेपाल आउने, ६० भन्दा बढी बलिउडका प्रख्यात कलाकार सहभागी हुनेलगायतको सहमति भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

ताजा समाचार

  • मर्चवारीमा समाजवादीको गाउंपालिका समिति गठन
  • पश्चिम सरावल १ मा दोस्रो वडाध्यक्ष कप पुरुष फुटबल प्रतियोगिता…
  • श्रीमद् भागवत पितृमोक्ष धनधन्याञ्चल सप्ताह ज्ञान महायज्ञ तेस्रो दिन पनि…
  • साना किसान कृषि सहकारी सस्थां लिमिटेडको १७औ साधारण सभा सम्पन्न
  • बर्दघाटमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
  • आदिकवि भानुभक्त आचार्यको स्मृतिमा बन्यो – ‘रामायण भवन’
  • धनुषा बम विस्फोटमा परी मृत्यु भएका इन्स्पेक्टर दाहालको आर्यघाटमा अन्त्येष्टि
  • सहकारीको ३० प्रतिशत लगानी कृषिमा अनिवार्य गरिंदै
  • विवाह भोजको खर्च धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने नव दम्पती
  • चक्कु प्रहार गरी तिलोत्तमा निवासी परीयारको हत्या