आजकालका मान्छे

प्रकाशित मिति:

अर्जुन ज्ञवाली-

आजकालका मान्छे
कस्ताकस्ता
ईश्वर भन्दा
राक्षस जस्ता
ठिक्क पार्छन् सगै बस्दा
मीठो बोल्छ्न
अरुलाइ चुस्दा
ईमानदारीता शब्दकोषमा राखेर
बेइमानीको बम पड्काइरहेछ्न
मुखमा रामराम जब्दै
बगलिको छुरा धसिरहेछ्न
लाजश्रम घिन
केही छैन यहाँ
यस्तो तालले पुग्छ
हाम्रो समाज कहाँ
जो चोर उसको यहाँ
ठुलो स्वर सुनिन्छ
ललाइफकाइ तिक्डमको
दिनहु जालो बुनिन्छ
सज्जनको घोर अपमान गरि
समाप्त पार्न खोजिन्छ
आखिर दुई सय बर्ष
बाच्ने होइन कोहि
खै किन गर्छ्न
आफ्नो स्वार्थमा जोईपोइ
समाजमा नैतिकता
किन नाङ्गैदै छ आज
सत्य भन्दा झुट
किन झाङ्गिदैछ आज
मानवताको उच्चता
खै कता हराउदै छ आज
समानताको साहस
किन बिलाउदै छ आज
बिश्वासको भरोसा
कता भासिदै छ आज
मान्छे साक्षर छ्न
बिबेक किन असाक्षार छ
मान्छे चिटिक्क छ्न
व्यबहार किन कपटी छ
मन्द मीठो मुस्कानमा
किन झुट मिसिएको छ
सत्य बोलीमा
किन बीस मिसिएको छ
अनि
कसरी बाच्छ्न
सज्जनहरु
कसरी हिड्छ्न
इमानदारहरु
कसरी जिउछ्न
तमाम जिन्दगीहरु