साताव्यापी कार्यक्रम अन्र्तगत आज नयांगाउं माविमा कार्यक्रम सम्पन्न

३१ श्रावण २०७५, बिहीबार ०   बिचार / प्रतिक्रिया


बुटवल महिला जेसिजको साताव्यापी कार्यक्रम को अवसरमा चौथो दिन आज नयांगाउं मावि नयांगाउंमा महिला स्वास्थ्य सम्बन्धि चेतनामूलक कार्यक्रम गरेको छ ।बुटवल महिला जेसिजको आयोजनामा आईतबार बाट शुरु भएको कार्यक्रमको चौथो दिन नयांगाउं माविमा अध्ययनरत कक्षा ८, ९ र १० का छात्राहरुलाई स्वास्थ्य सम्बन्धी जानकारी गराईएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी नयांगाउं माविका प्रधानाध्यापक पुरुषोत्तम भट्टराईले विद्यालयका छात्राहरुलाई जेसिजले कार्यक्रम गरी स्वास्थ्य प्रति चेतना जगाउन मद्धत गरेकामा धन्यवाद दिंदै विद्यालय पनि यस्ता कार्यक्रम गर्ने तर्फ धयान दिने बताउनुभयो । सो अवसरमा आफ्ना भनाई राख्दै महिला जेसिजका संस्थापक अध्यक्ष रेखा कट्टेलले सामाजिक अभियानमा वर्ष २०१८ का साथीहरुले धेरै राम्रो काम गरेको भन्दै यसरी नै आगामी दिनमा महिला जेसिजको नाम उचो पार्ने कार्यक्रम गर्न सुझाउनुभयो ।
त्यस्तै पूर्व अध्यक्ष ज्ञानधारा पन्थले जेसिज संस्था नै नेता जन्माउने खालको भएकाले नेतृत्व सम्हाल्ने अध्यक्ष र साथ दिने पदाधिकारी र सदस्यहरुको प्रशंसा गर्दै महिला जेसिजसंग आबद्ध हुनुमा गौरव लागेको बताउनुभयो ।
आजको कार्यक्रमका संयोजक सपना कार्कीको स्वागत रहेको कार्यक्रममा धन्यवाद मन्तव्य राख्दै बुटवल महिला जेसिजका अध्यक्ष राधिका पोख्रेलले सामुदायिक विद्यालयहरुमा आयोजित कार्यक्रमले राम्रो सन्देश दिने कुरामा आफू विश्वस्त रहेको बताउंदै समाजमा छाप छोड्ने खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
महिला जेसिज २०१८ का महासचिव लक्ष्मी थापाको संचालन रहेको कार्यक्रममा कानूनी सल्लाहकार उषा खत्रीले जेसिज आस्था पाठ गर्नुभएको थियो । कार्यक्रममा साताव्यापी कार्यक्रमका मूल संयोजक अनुपमा श्रेष्ठ, जेसिजका पदाधिकारी र सदस्यहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा देवदह मेडिकल कलेजमा कार्यरत डा दिक्षा श्रेष्ठले सहजकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो ।
कार्यक्रम अन्तर्गत भोलि नवीन औद्योगिक कदर बहादुर रिता मावि मा चेतनामूलक कार्यक्रम सम्पन्न भई २ गते समापन समारोह हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया