प्रदेश ५ का माविहरुमा एभरेष्ट पहिलो नम्बरमा

प्रकाशित मिति:

बुटवल-बुटवलको सुख्खानगरमा रहेको एभरेष्ट माध्यमिक विद्यालयले “उत्कृष्ट मा।वि। सम्मान” अवार्ड पाउने भएको छ । नागरिक एकता समाज काठमाण्डौले शैक्षिक उत्कृष्टताको आधारलाई माध्यम बनाई गरेको मुल्याङकनमा एभरेष्ट मावि प्रदेश ५ मै उत्कृष्ट ठहर भएको हो ।

सातै प्रदेशका माविहरुमा गरेको छनोटमा प्रदेश ५ बाट एभरेष्ट पहिलो नम्बरमा परेर उत्कृष्ट विद्यालय बनेपछि सो अवार्ड प्रदान गर्न लागिएको समाजले जनाएको छ । यही असार २८ गते काठमाण्डौमा एक भव्य समारोहका बीच एभरेष्टलाई “उत्कृष्ट मा।वि। सम्मान” एवार्ड दिइन लागेको विद्यालयका प्राचार्य कृष्ण न्यौपानेले जानकारी दिनुभयो । यो सम्मानबाट आफूहरुलाई अघि बढ्न थप हौसला प्रदान गरेको न्यौपानेले बताउनु भयो । एभरेष्टले हरेक बर्ष अब्बल नतिजालाई निरन्तरता दिएको छ भने पटकपटक नेपाल प्रथम समेत हुन सफल भएको छ ।