छोराले खुकुरीले हान्दा आमाको मृत्यु

प्रकाशित मिति:

सप्तरी – खुकुरीले हानेर आफ्नै आमाको हत्या गरेको आरोपमा प्रहरीले सप्तरीमा एक युवकलाई पक्राउ गरेको छ । ६० वर्षीया धनमायाँ पुलामी मगरको हत्याको अभियोगमा सुरुङ्गा नगरपालिका-१ चहका बस्ने ३० वर्षीय रिट्ठे भन्ने जंगबहादुर पुलामी मगरलाई बिहीबार दिउँसो पक्रेको प्रहरीले जनाएको छ ।

रिठ्ठेले खुकुरी प्रहार गर्दा आमा धनमायाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ । उनलाई ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।