उपमेयर खड्की अस्पताल भर्ना, हृदयघातको आशंका

प्रकाशित मिति:

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्की अस्पताल भर्ना भएकी छन् । उनलाई हृदयघात भएको आशंका गरिएको छ ।

सीसीयूमा भर्ना भएकी उनलाई एनजीओ ग्रामलगायतको परीक्षा गर्ने तयारी भइरहेको छ । ‘त्यसपछि हृदयघात भएको हो कि होइन ? हो भने कुन स्टेजको हो भन्ने थाहा हुन्छ’, अस्पतालका सञ्चारविज्ञ आरपी मैनालीले बताए । उनका अनुसार छाती गह्रुँगो भएको र स्वास प्रश्वासमा समस्या भएपछि अस्पताल आएको उपमेयर खड्कीले बताएकी थिइन् ।