भारतमा बजेटले बढायो तेलको भाउ, नेपालमा पनि बढ्ने सम्भावना

प्रकाशित मिति:

भारत – भारतकी अर्थमन्त्री निर्मला सीतारमणले शुक्रवार वार्षिक आयव्यय बजेट प्रस्तुत गरेकी छन् । बजेटमा पेट्रोल र डीजेलमा १–१ रुपैयाँ अतिरिक्त सेस लगाउने घोषणा गरिएको छ ।

अर्थमन्त्रीको यो घोषणापछि अब पेट्रोल र डीजेलको मूल्य बढ्ने निश्चित छ । बजेटमा रोड यान्ड इन्फ्रास्ट्रक्चर सेस लगाउने घोषणा भएसँगै पेट्रोल र डीजेलको मूल्य बढ्ने भएको छ । भारतमा इन्धनको मूल्यवृद्धि भएसँगै नेपालमा पनि भाउ बढ्ने सम्भावना छ ।