सऊदी सरकारले दियो नेपाली मुस्लिमहरुलाई खुशीको खबर

प्रकाशित मिति:

काठमाडौ – साउदी सरकारले नेपालको हज कमिटीलाई ३०० थप कोटा बढाएको पत्र पठाएर जानकारी गराएको छ । पत्र अनुसार कोटालाई थप ३०० बढाएर १५०० कोटा गरेको जानकारी गराएको छ । उक्त थप ३०० हज कोटा बढाएको नेपाल हज समितिका अध्यक्ष मो. समसेर मियाँले जानकारी गराएका छन ।

मो. समसेर मियाँले जानकारी गराउदै भन्नुभयो नेपाली हाजिहरुका लागी साउदी सरकारले ३०० कोटा बढ़ाएर १५०० गरेको छ । हज यात्राको जम्मा खर्च रु २ लाख ३० हजार लाग्ने छ र आइतबार देखी ५ दिन भित्र रकम बुझाउनु पर्ने छ । थप जानकारीका लागि नेपाल हज समितिको कार्यलयमा फोन गरी बुझ्नु अनुरोध गर्दछौं ।