श्रीमती भागेपछि युएईका प्रधानमन्त्री पुगे बेलायती अदालतको शरणमा

२० असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
190 Shares


बेलायत – संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति एवं प्रधानमन्त्री शेख मोहम्मद बिन रशिद अल मख्तूमले आफ्नी छैटौं श्रीमती राजकुमारी हाया बिन्त अल हुसेनविरुद्ध बेलायती अदालतमा मुद्दा दायर गरेका छन्। जोर्डनका राजाकी सौतेनी बहिनी हायाले दुबईका शासकसमेत रहेका श्रीमान बिन रशिद अल मख्तूमलाई छोडेर दुबईबाट लन्डन पुगेपछि यो विषय अदालतसम्म पुगेको हो । अर्बपति शेखले आफ्नी श्रीमतीविरुद्ध मुद्दा दायर गरेसँगै उनले हायाले छाडेर जानु कारण र हयासँगको व्यवहारका बारेमा अदालतमा बताउनुपर्ने भएको छ।

शेखका श्रीमतीहरुबाट २३ छोराछोरीहरु रहेको टेलिग्राफले जनाएको छ। तीनै छोराछोरीमध्ये शिखा लतिफा आश्चर्य रुपमा दरबार फर्केपछि हायाले दुबई छाडेको हुन सक्ने अनुमान गरिएको थियो।अदालतमा शेख र हयाको तर्फबाट भएका दुई सन्तानको स्वामित्वलाई लिएर पनि बहस हुन सक्ने अनुमान गरिएको छ लतिफाले आफूलाई दरबारभित्र कैदीका रुपमा राखिएको भन्दै २०१८ मा डुंगाबाट संयुक्त अरब इमिरेट्स छोडेकी थिइन्। उनलाई पछि भारतको जलसेनाको टोलीले फेला पारेको थियो। गत डिसेम्बरमा उनले आफ्नो परिवार सहित नयाँ भिडियो पोस्ट गरेकी थिइन्।अदालतमा बहसका क्रममा लटिफाले त्यो बेला लगाएको आरोपका बारेमा पनि चर्चा हुन सक्ने भएकाले यसलाई संयुक्त अरब इमिरेट्सको राजकिय परिवारको इज्जतसँग जोडिएको विषय रहेको बताइएको छ।

राजकुमारी हया हाल बेलायतमा रहेको इमराती शाही परिवारको ५८ मिलियन युरो पर्ने घरमा बसिरहेको अनुमान गरिएको छ । बेलायती राज परिवारसँग राम्रो सम्बन्ध रहेको हायाले बेलायतमा असाइलम (शरणार्थी) का लागि निवेदन दिन सक्ने बताइएको छ।शेखले बेलालयको ‘लन्डन फेमिलि कोर्ट’ मा हाया विरुद्ध मुद्दा दायर गरेको समाचारहरुमा जनाइएकोछ। प्रेडिड्न्ट अफ डिभिजनको अगाडी सो मुद्दाको सुनुवाई तय भएको र जुलाई ३० मा मुद्दा माथि बहस हुने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग
  • आजको राशिफल हेर्नुहोस
  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…
  • विश्वविद्यालयलाई पार्टीका कार्यकर्ता भर्ती केन्द्र नबनाउन माग गर्दै उपकुलपतिलाई नेविसंघको…