मुनलाइट माविमा एसइइ उत्तीर्णलाई सम्मान

प्रकाशित मिति:

भैरहवा-भैरहवामा रहेको मुनलाइट आवासीय माध्यमिक विद्यालयले एक कार्यक्रमका बीच एसइइ २०७५ मा उत्तीर्ण विद्यार्थीलाई स्वागत तथा सम्मान गरेको छ । विद्यालयमा अध्यापन गराउने शिक्षक दक्ष र अनुभवी रहेको र अध्यापन र अनुशासनलाई मुख्य मन्त्र मानेको विद्यालयमा २०७५ को एसइइमा ८४ जना विद्यार्थी सहभागी थिए । जसमध्ये ५ जना ए प्लस, २२ जना ए, २९ बी प्लस, २२ जना बि र ६ जना सि प्लसमा उत्तीर्ण भएका छन् । मुनलाइट माध्यमिक विद्यालयमा हाल करिब १ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् ।

मुनलाइट आवासीय माध्यमिक विद्यालय भैरहवा क्षेत्रमा नर्सरी देखि १२ कक्षा सम्म अध्यापन गराउने क वर्गको विद्यालय हो । विद्यालयको सुविधा सम्पन्न भवन, खेल्ने मैदान, दक्ष र अनुभवी शिक्षकबाट विद्यार्थीको मनोभावनलाई बुझेर पठनपाठन गरेकोले विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि उत्कृष्ट नतीजा ल्याउन सफल भएको विद्यालयका प्राचार्य राजेश राज जोशीले बताए ।

सबै विषय उत्तीकै महत्वपूर्ण भएको जुन सुकै विषय अध्ययन गरेता पनि लगनशीलताका साथ लाग्नु पर्ने बताउँदै शिक्षा, होटल म्यानेजमेन्ट, व्यवस्थापनका विषय पढ्न मुनलाइट स्कुलमा व्यवस्था भएकोले बाहिर जानु नपर्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद शर्माले बताए ।रुपन्देही जिल्लामा निजी क्षेत्रबाट सञ्चालित विद्यालय मध्येको एक उत्कृष्ट मुनलाइट माध्यमिक विद्यालय रहेको बताउँदै व्यवस्थापन संकायबाट २०६९ र २०७४ सालको ११ र १२ मा जिल्ला प्रथम हुन सफल र अन्य नतीजाहरु पनि उत्कृष्ट रहेकोले शिक्षा संकाय र व्यवस्थापन संकायको अध्ययनका लागि विद्यार्थी अन्यत्र जान नपर्ने प्लस टु संयोजक टिकाराम भट्टराईले बताए । उनले भने– “विद्यार्थीको चौतर्फी विकासका लागि वार्षिक क्यालेन्डर अनुसार अतिरिक्त क्रियाकलाप गराउनुका साथै हरेक हप्ता कक्षा टेस्ट, मासिक टेस्ट त्रैमासिक र अर्धवार्षिक टेस्ट गराउँदै जाने रुपन्देहीको एक मात्र विद्यालय मुनलाइट आवासीय माध्यमिक विद्यालय मात्रै रहेको छ ।”कार्यक्रममा विद्यालयका शिक्षक बालकिसुन कुर्मी, भिमार्जुन पोखरेल, राजन पौडेलले मन्तव्य राखेका थिए भने विष्णु प्रसाद लम्सालले कार्यक्रम सञ्चालन गरेका थिए ।