झापाका ४६ प्रहरी परे विभागीय कारवाहीमा

२० असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया

File

भद्रपुर – आचरणविपरीत काम गरेको अभियोगमा झापाका विभिन्न तहका ४६ जना प्रहरी विभागीय कारवाहीमा परेका छन् । राम्रो काम गर्नेलाई तत्कालै पुरस्कार र नियमविपरीत काम गर्नेलाई दण्डित गर्ने नेपाल प्रहरीको विभागीय नीति अन्तर्गत आव २०७५/७६ मा उनीहरु कारवाहीमा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार विभागीय कारवाहीमा परेकामध्ये आठ प्रहरी जवान र एक हवल्दार गरी नौ जनालाई नोकरीबाट हटाइएको छ भने पाँच जना प्रहरी सहायक निरीक्षकलाई नसिहत र एक जना प्रहरी सहायक निरीक्षकलाई तलब वृद्धि रोक्का गरिएको छ ।

विभागीय कार्वाही पाउनेमध्ये अरु दुई प्रहरी नायब निरीक्षकलाई सख्त चेतावनी दिइएको, दुई प्रहरी हवल्दारको तलब वृद्धि रोक्का गरिएको र एक प्रहरी जवानको पद्धोन्नति रोक्का गरिएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । राम्रो काम गरेबापत यस आवमा १०१ प्रहरी पुरस्कृत भएका छन् जसमा ४३ प्रहरी जवान छन् । त्यस्तै २० हवल्दार, १४ प्रहरी सहायक निरीक्षक, ८ प्रहरी नायब निरीक्षक, ८ प्रहरी निरीक्षक र ६ प्रहरी नायब उपरीक्षक पुरस्कृत भएको प्रवक्ता श्रेष्ठले बताउनुभयो । – रासस/तस्बिर : फाइल 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण