उद्योग बाणिज्य संघ नवलपरासीको ३७ औ बाार्षक साधारण सभा सम्पन्न

२० असार २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
13 Shares


नवलपरासी-शान्ति समृद्ध उद्योग ब्यापार राष्ट्र निर्माणको बलियो आधार भन्ने मुल नारा सहित उद्योग बाणिज्य संघ नवलपरासीको ३७ औ बाार्षक साधारण सभा शुक्रबार संघको सभाहल परासीमा सम्पन्न भएको छ । संघका अध्यक्ष केशव भण्डारीको अध्यक्षता तथा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उदघाटन सत्रमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले उद्योग बाणिज्य संघ सरकार संग हातेमालो गरेर हिड्ने सस्था भएको हुदा यसलाई अगाडी बढाउन सरकारले योजनाहरु अगाडी सार्ने बताउदै समृद्ध नेपाल सुखी नेपाली नारालाई साकार पार्न भुउपयोग निति ल्याई कृषी लाई ब्यवसायिकरण गर्नुपर्ने बताउनुभयो

सो अवसरमा सघिंय सासंद देवेन्द्रराज कण्डेल, प्रदेश नम्बर ५ का भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरी लागएतले मन्तब्य राख्नुभएको थियो । त्यस्तै,उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले आगामी वर्ष जनताले देख्ने खालका काम गर्ने बताउनुभएको छ । नवलपरासी जिल्लाका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अगुवा कार्यकर्तासँगको भेटघाटमा उनले सरकार गठनपछिको पहिलो एक वर्ष कानून निर्माणमा सरकार बढी केन्द्रित भएको स्पष्ट गरे ।

सरकारले गर्छु भनेर प्रतिबद्धता जनाएका काम पाँच वर्ष्भित्रै सम्पन्न हुने विश्वास दिलाउँदै उपप्रधानमन्त्री पोखरेलले विकास र समृद्धिको जग यही सरकारका समयमा निर्माण हुने प्रतिबद्धता जनाउनभयो ।सरकारले घोषणा गरेका प्रतिबद्धता नबिर्सिएको उल्लेख गर्दै उहाँले जनताले देख्ने र महसुस गर्ने काम आगामी वर्षमै हुने बताउनुभयो । विचारका मामिलामा पार्टी्भित्र देखिएका विवाद वा छलफललाई कार्यकर्ताले सामान्य मान्नुपर्ने बताउँदै उपप्रधानमन्त्री पोखरेलले तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्र दुवै फरक पृष्ठभूमिबाट आएकाले केही फरक मत देखिन सक्ने बताए । आगामी एक महीनाभित्रमा संगठनात्मक सुधारका धेरै काम हुने बताउँदै कार्यकर्ता व्यवस्थापनका धेरै कामहरु यो एक महीनामा सम्पन्न हुने पनि बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलसँग पार्टीका अगुवा कार्यकर्ताले पार्टी्भित्र देखिएको आन्तरिक विवाद, सरकारको कामकारवाही, एकीकरणको बाँकी कामको अवस्थालगायत विषयमा जिज्ञासा राखेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया