न्यु होराइजन सामाजिक तथा सांस्कृतिक क्लवद्धारा ज्येष्ठ नागरिकहरु सम्मानित

प्रकाशित मिति:

न्यु होराइजन अंग्रेजी आबाशीय माध्यमिक बिद्यालयमा रहेको न्यु होराइजन सामाजिक तथा सांस्कृतिक क्लवले ज्येष्ठ नागरिक सम्मान गरेको छ ।
क्लवले बिद्यालयमै एक कार्यक्रमको आयोजना गरि सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ८ जना ज्येष्ठ नागरिकलाइ प्रशंसापत्र तथा दोसल्ला ओढाएर सम्मान प्रदान गरेको हो । सम्मानीत हुनेहरुमा ७८ बर्षिय ताराप्रसाद श्रेष्ठ,९३ बर्षिय गंगादेबी पाण्डे,८७ बर्षिय नेत्रबहादुर राना,८० बर्षिय टीकाराम खराल,१०४ बर्षिय ढुण्डिराज नेपाल,९२ बर्षिय भुमादेबी उपाध्याय,८५ बर्षिय मोतिकला नेपाल र ८५ बर्षिय चित्रमान गौचन रहेका छन् । उहाहरुलाइ सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको क्लवका इन्चार्ज कल्पना पाण्डे कुशुमले बताउनुभयो ।
क्लवका अध्यक्ष सुदीप पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै बिद्यालयका प्राचार्य लोकनाथ उपाध्यायले क्लवले ज्येष्ठ नागरिकलाइ गरेको सम्मानको प्रशंसा गर्नुभयो ।