आइफ्लिक्समा आयो ‘छक्का पञ्जा २’

प्रकाशित मिति:

काठमाडौँ –फिल्म ‘छक्का पञ्जा २’ अनलाइन रिलिज भएको छ । दर्शकले अत्याधिक पर्खिएको फिल्मलाई आइफ्लिक्समा हेर्न सकिनेछ । लामो समयपछि छक्का पञ्जा २ को प्रतिक्षा सकिएको हो ।आइफ्लिक्समा आएपनि दिपाश्री निरौला निर्देशित फिल्म ‘छक्का पञ्जा २’ युटुवमा भने रिलिज भएको छैन ।

सम्भवतः युटुवमा पनि मल्टिस्टारर कमेडी छिट्टै रिलिज हुनेछ । फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत लगायतको अभिनय रहेको छ । फिल्मले सार्वजनिक प्रदर्शनमा दर्शकको साथ अत्याधिक पाएको थियो ।